


भैरहवा, ५ असोज । रुपन्देहीको भैरहवाका लागि हुन्डाईको आधिकारिक विक्रेता जगत मोटर्स प्रालिले नयाँ कम्प्याक्ट एसयूभी ‘अल–न्यू भेन्यू’ सार्वजनिक गरेको छ।
सोमबार भैरहवास्थित जगत मोटर्स प्रालिको सोरुममा आयोजित कार्यक्रममा जगत मोटर्स प्रालिका अध्यक्ष राम थापा र सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले संयुक्त रुपमा नयाँ भेन्यू सार्वजनिक गरेका हुन्।

कार्यक्रममा बोल्दै सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष आचार्यले नयाँ मोडलका गाडी बजारमा भित्रिएसँगै आर्थिक गतिविधि थप चलायमान हुने बताए।
जगत मोटर्सका प्रबन्ध निर्देशक रिश्चल थापाले विगत आठ वर्षदेखि ग्राहकलाई सेवा प्रदान गर्दै आएको जगत मोटर्सले उच्च प्रविधि र गुणस्तरीय सेवालाई प्राथमिकतामा राख्दै आएको बताए। हुन्डाईद्वारा उत्पादित नयाँ भेरियन्टका गाडी ग्राहकसमक्ष ल्याउने अवसरले आफूहलाई थप उत्साहित बनाएको उनको भनाइ थियो।
नेपालमा एसेम्बल गरिएको नयाँ भेन्यूमा आकर्षक डिजाइनसँगै आधुनिक प्रविधि, आरामदायी फिचर र सुरक्षा सुविधालाई प्राथमिकता दिइएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार, गाडीमा ट्विन हर्न एलईडी डीआरएल, होराइजन एलईडी रियर कम्बिनेसन ल्याम्प, डार्क क्रोम ग्रिल, सिग्नेचर सी–पिलर गार्निस, १०.२५ इन्च सीसीएनसी इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो, डिजिटल क्लस्टर र पावर्ड टिल्ट–एन्ड–स्लाइड सनरुफलगायतका फिचर छन्।
गाडीमा कप्पा १.२ लिटर एमपीआई पेट्रोल र कप्पा १.० लिटर टर्बो जीडीआई पेट्रोल इन्जिनको विकल्प दिइएको छ। सुरक्षातर्फ ६ वटा एयरब्याग, एबीएससहित ईबीडी, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, भेहिकल स्टेबिलिटी म्यानेजमेन्ट र हिल–स्टार्ट असिस्ट कन्ट्रोल उपलब्ध रहेको प्रबन्ध निर्देशक थापाले बताए।
उनका अनुसार अल–न्यू भेन्यूको सुरुआती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ तोकिएको छ। गाडी एचएक्स २ (१,१९७ सीसी पेट्रोल), एचएक्स ५ प्लस (१,१९७ सीसी पेट्रोल) र एचएक्स ५ डीसीटी (९९८ सीसी पेट्रोल) गरी तीन वटा भेरियन्टमा उपलब्ध छ ।

