
काठमाडौं, २९ पुस ।
निर्वाचन आयोगले २०८० माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारले खर्च गर्न पाउने हद तोकेको छ। आयोगका अनुसार उम्मेदवारले ३ लाख ५० हजार रुपैयाँसम्म निर्वाचन खर्च गर्न पाउने हद तोकेको हो।
आयोगले आइतबार जारी गरेको विज्ञप्ति अनुसार राष्ट्रियसभा सदस्य निर्वाचन ऐन,२०७५ को दफा ६५ तथा राष्ट्रियसभा सदस्य निर्वाचन नियमावली २०७६को नियम ४६ (१) सँग सम्बन्धित अनुसूची १ ले ३ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउनेछन्।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलका अनुसार उक्त खर्च मतदाता नामावली खरिद, सवारी साधान, सवारी साधानको इन्धन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी, अन्तरक्रिया, प्रचार प्रसार, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालन र विविध शीर्षकमा खर्च गर्न सकिने आयोगले जनाएको छ।
उम्मेदवारले खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट खर्च गर्न र यसरी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोकी निजको नाम नामेसीसहितको विवरण निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन कार्यालयमा जानकारी गराउनु पर्नेछ।
यसैगरी निर्वाचन खर्चको विवरण निर्वाचन सम्पन्न भएपछि सार्वजनिक गरी राष्ट्रियसभा सदस्य निर्वाचन ऐन,२०७५ को दफा ६५ तथा निर्वाचन (कसूर तथा सजाय) ऐन,२०७३ को दफा ३१ बमोजिम निर्वाचन परिणाम घोषणा भएको तीस दिनभित्र आयोग वा निर्वाचन कार्यालयमा पेश गर्न समेत आयोगले निर्देश गरेको छ।

