Close Menu
    What's Hot

    आनी छोइङ डोल्मा नियुक्ति विवादमा : लुम्बिनीपछि काठमाडौंमा पनि प्रदर्शन

    २०८३ कार्तिक १०, सोमबार १५:०८ गते

    शुक्रबार र शनिबार विशेष सावधानी अपनाउनू : मौसम विभाग

    २०८३ कार्तिक १०, सोमबार १४:२५ गते

    आठ सहरमा क्रिकेट रंगशाला बनाउने प्रक्रिया अघि बढ्यो : मन्त्री लम्साल

    २०८३ कार्तिक १०, सोमबार १४:०६ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    विशेष

    आनी छोइङ डोल्मा नियुक्ति विवादमा : लुम्बिनीपछि काठमाडौंमा पनि प्रदर्शन

    क्लिक लुम्बिनी२०८३ कार्तिक १०, सोमबार १५:०८ गते0
    विशेष

    शुक्रबार र शनिबार विशेष सावधानी अपनाउनू : मौसम विभाग

    क्लिक लुम्बिनी२०८३ कार्तिक १०, सोमबार १४:२५ गते0
    खेलकुद

    आठ सहरमा क्रिकेट रंगशाला बनाउने प्रक्रिया अघि बढ्यो : मन्त्री लम्साल

    क्लिक लुम्बिनी२०८३ कार्तिक १०, सोमबार १४:०६ गते0
    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » विपद् व्यवस्थापनमा स्थानीय तहको भूमिका महत्वपूर्ण
    प्रमुख समाचार

    विपद् व्यवस्थापनमा स्थानीय तहको भूमिका महत्वपूर्ण

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८० माघ २, मंगलवार १३:१५ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, २ माघ । विपद् पूर्व र पछिको व्यवस्थापनमा स्थानीय तहको भूमिका सबैभन्दा महत्वपूर्ण रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

    २६ औँ राष्ट्रिय भुकम्प सुरक्षा दिवसका अवसरमा मंगलबार भैरहवामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले विपद् व्यवस्थापनमा स्थानीय तहको भूमिका प्रमुख रहेको बताएका हुन् ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    जिल्ला विपद् व्यवस्थापन समिति, रुपन्देहीले आयोजना गरेको कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले विपद् पूर्व हुने सही सूचना देखि विपद् पछिका उद्दार र राहत कार्यहरुमा सरकारको पहिलो निकाय स्थानीय तहको भूमिका प्रमुख रहेको बताए ।

    “नेपालमा गएका भुकम्प लगायतका विपद्का घटनाहरुमा जस लिने होडबाजी हुन्छ, त्यो राहतको नाममा होस वा उद्दारका नाममा होस” अर्यालले भने, “तर सबैभन्दा पहिला पुगने भनेको स्थानीय तह नै हो, यसको लागि स्थानीय तह आफुलाई तयारी अवस्थामा राखि राख्नुपर्छ ।”

    अर्यालले विपद्को बारेमा सहि सचेतनामूलक सूचना आवश्यक रहेको बताए । सहि सूचनाले विपद्को जोखिमहरु न्यूनिकरण गर्छ । यसर्थ पालिकाहरुले सचेतनामूलक कार्यहरु पनि गर्न आवश्यक रहेको उनको जिकिर थियो ।

    यस्तै कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै संघिय भवन डिभिजन कार्यालयका ईन्जिनियर निरज केशरीले भुकम्प पछि सबै भन्दा बढी भवनकै कारण क्षति हुने गरेको कारण नेपालको राष्ट्रिय भवन संहिता र मापदण्ड अनुसार घर बनाउनु पर्ने बताए । उनले सुरु देखि नै भुकम्प थेग्ने संरचना बनाए भुकम्प पछिका क्षतिहरु न्यून गर्न सक्ने जिकिर गरे ।

    उनले घर बनाउदा जगै देखि बलियो बनाउनु पर्ने बताए । यसको साथै घर एवम अन्य पुर्वाधार निर्माण गर्दा पालिकाले निर्दिष्ट गरेको मापदण्डहरु अपनाउन आग्रह गरे । यसका साथै भुकम्पीय अभ्यासको, पुर्व तयारी लगायतका बिषयमा केशरीले जानकारी दिएका थिए ।

    नेपालमा प्रत्येक वर्ष माघ महिनाको २ गते राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइने गरिएको बताए । वि.सं १९९० माघ २ गते नेपालमा आएको महाभुकम्पको सम्झनामा विसं २०५५ सालदेखि भुकम्प सुरक्षा दिवस मनाउन थालिएको हो ।

    विपद् व्यवस्थापन समिति रुपन्देहीका अध्यक्ष गणेश अर्यालको अध्यक्षता एवम जिल्ला समन्वय प्रमुख उमाकान्त चपाइको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सिद्धार्थनगर नगर पालिकाका प्रमुख इश्तियाक अहमद खाँन, सैनामैना नगरपालिका प्रमुख फणिन्द्र शर्मा, बुटवल उप–महानगरपालिका उप प्रमुख सावित्रा अर्याल, सम्मरीमाई गाउँपालिकाका अध्यक्ष विनोद कुमार श्रीवास्तव, मर्चवारी गाउँपालिकाका अध्यक्ष गया बरै, सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरे, नेपाल पत्रकार महासंघका अध्यक्ष रामराज पोखरेल, लुम्बिनी प्रेस क्लबका कार्यवाहक अध्यक्ष कमल रायमाझी, जिल्ला विपद् व्यवस्थापन समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले गरेका थिए ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    आनी छोइङ डोल्मा नियुक्ति विवादमा : लुम्बिनीपछि काठमाडौंमा पनि प्रदर्शन

    २०८३ कार्तिक १०, सोमबार १५:०८ गते

    शुक्रबार र शनिबार विशेष सावधानी अपनाउनू : मौसम विभाग

    २०८३ कार्तिक १०, सोमबार १४:२५ गते

    आठ सहरमा क्रिकेट रंगशाला बनाउने प्रक्रिया अघि बढ्यो : मन्त्री लम्साल

    २०८३ कार्तिक १०, सोमबार १४:०६ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.