
भैरहवा, ७ माघ ।
चिसो अत्याधिक बढेपछि रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका विधालयहरु बन्द गरिने भएको छ ।
बढ्दो शीतलहर प्रकोपको कारण अत्याधिक चिसोले विधार्थीहरुको स्वास्थ्यमा गम्भिर असर पर्ने सक्ने विषयलाई मध्यनजर गर्दै ६ दिनका लागि विद्यालयमा विदा गरिएको सिद्धार्थनगर नगरपालिकाका उपसचिव एवं शिक्षा शाखा प्रमुख चेतनशील लम्सालले जानकारी दिए ।
Advertisement

Advertisement
Advertisement

उनका अनुसार वर्षे विदाबाट कट्टा हुने गरी पालिका अन्र्तगतका सम्पूर्ण सामुदायिक, संस्थागत र धार्मिक विधालयमा माघ ७ गते देखि माघ १२ गतेसम्म बन्द रहने छ ।
साथै, विदा अवधीको बीचमा मौसम सुधार भएको अवस्थमा विधालय संचालनमा पुर्नविचार गरी सूचना जारी गरिने कार्यालयद्धारा जारी गरिएको सूचनामा उल्लेख छ ।

