Close Menu
    What's Hot

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    २०८३ कार्तिक ३, सोमबार १९:३९ गते

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    मेन स्टोरी

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३९ गते0
    अर्थ

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३८ गते0
    विशेष

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १८:३१ गते0
    फोकस लुम्बिनी

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १७:५२ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » ६ महिनामा तीन गुणाले बढ्यो ईभीको आयात
    अर्थ

    ६ महिनामा तीन गुणाले बढ्यो ईभीको आयात

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८० माघ ७, आईतवार ११:५५ गते
    ev gaadi
    advertisement
    advertisement
    advertisement

    काठमाडौं, ७ माघ ।
    गत आर्थिक वर्षको पहिलो ६ महिनाको तुलनामा चालु आर्थिक वर्ष २०८०÷८१ को सोही अवधिमा विधुतिय सवारीसाधन (ईभी) आयात तीन गुणाले बढेको छ ।

    गत आव २०७९÷८० पुस मसान्तसम्म १ हजार ७ सय ४९ युनिट ईभी आयात भएको थियो । चालु आव पुस मसान्तमा आइपुग्दा यो संख्या ५ हजार १ सय ७ भएको छ ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    गत आवभरि भित्रिएका ईभीको तुलनामा यो वर्ष पहिलो ६ महिनामै १ हजार १ सयभन्दा धेरै भित्रिएका छन् ।

    गत आव भरिमा ४ हजार ५० युनिट ईभी भित्रिएको थियो । यो तीन पाङ्ग्रे ईभीबाहेक तथ्यांक हो ।

    तथ्यांकअनुसार गत मंसिरसम्म ३ हजार ६ सय ३६ युनिट ईभी भित्रिएकोमा पुसमा मात्रै १ हजार ४ सय २१ भित्रियो । त्यसमध्ये १ हजार ३ सय २५ कार तथा बाँकी भ्यान छ ।

    ईभी आयातमा साढे १३ अर्ब बाहिरियो

    चालु आर्थिक वर्ष पहिलो ६ महिनामा ईभी आयातमा १३ अर्ब ४० करोड रुपैयाँ बाहिरिएको छ ।

    उक्त अवधिमा मुलुकमा कुल ३६ अर्ब ३१ करोड रुपैयाँ बराबरका सवारीसाधन आयात भएकोमा त्यसको ३७ प्रतिशत हिस्सा ईभीले ओगटेको छ ।

    चालु आव सरकारले ईभीमा कर बढाए पनि आयात भने उत्साहप्रद देखिएको छ ।

    खासगरी, यो वर्ष ईभीमा धेरै ‘भेराइटी’ थपिनुका साथै सस्तो मूल्यका पनि बजारमा उपलब्ध भएकाले यसको आयात बढेको विक्रेता बताउँछन् ।

    नेपालमा टाटा, बीवाईडी, एमजी, हुन्डाइ, सिट्रोन, कियालगायत कम्पनीले ईभी बिक्री गर्दै आएका छन् । टाटा, बीवाईडी र एमजी नेपालमा ईभीका सबैभन्दा लोकप्रिय ब्रान्ड हुन् ।

    नेपाललाई सुहाउँदा गाडीहरु आएको र ग्राहकहरुमा ईभीप्रति आत्मविश्वास पनि बढेकाले विद्युतीय सवारीको बिक्री बढेको बीवाईडीकी विक्रेता यमुना श्रेष्ठ बताउँछिन् ।

    ‘ईभीका प्रयोगकर्ता बढेसँगै यसको फाइदा, कम खर्चलगायत विषयमा एकले अर्कोलाई भन्दै जाँदा यसको एडप्टेसन बढेको छ,’ उनले भनिन् ।

    यसका साथै ईभीलाई बैंकले मूल्यको ८० प्रतिशतसम्म ऋण दिने गरेको र ब्याजदर पनि सस्तो भएकाले पनि यसप्रति ग्राहकहरुको रुची बढेको उनी बताउँछिन् ।

    यस अवधिमा व्यावसायिक प्रयोजनका भ्यानहरुको बिक्री पनि बढेको उनको भनाइ छ । ‘विद्युतीय माइक्रोबस चलाउँदा सञ्चालन खर्च बचेर फाइदा धेरै हुने भएपछि यो सेग्मेन्टमा पनि ईभीको प्रयोग बढिरहेको छ,’ उनले भनिन् ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    ईभी विधुतिय सवारीसाधन
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    २०८३ कार्तिक ३, सोमबार १९:३९ गते

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.