
दार्चुला, ७ माघ ।
दार्चुलामा एक युवकले प्रहरीमाथि चक्कु प्रहार गरेका छन्। जिल्लाको महाकाली नगरपालिका १ दहका २५ वर्षीय उमेश कुवरले आज १२ बजेतिर डिउटीमा खटिएका प्रहरी हवल्दार जयबहादुर खड्का र प्रहरी जवान डम्मरबहादुर ठगुन्नामाथि चक्कु प्रहार गरेका हुन्।
चक्कु प्रहारबाट प्रहरी जवान ठगुन्नाको आँखाको तल्लो भागमा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताए। ‘उमेशले श्रीमती धनिशालाई कुटपिट गर्ने गरेको भन्दै धनिशाकी दिदीले प्रहरीमा निवेदन दिएकी थिइन्’, उनले भने, ‘निवेदन आएपछि उमेशलाई नियन्त्रणका लागि सामुदायिक प्रहरी बाङ्गाबगरबाट गएको प्रहरी टोलीमाथि आक्रमणस्वरुप चक्कु प्रहार भएको हो।’
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

चक्कु प्रहार गरेर कुवर फरार भएका छन्। उनको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको छ। उमेश र धनिशाले भदौमा भागी विवाह गरेका थिए।

