
भैरहवा, २२ माघ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको प्रवक्तामा वडा नम्बर ४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला) नियुक्त भएका छन् ।
गत माघ १९ गते बसेको नगर कार्यपालिकाको बैठकले यादवलाई नगर प्रवक्ता नियुक्त गर्ने निर्णय गरेको सिद्धार्थनगर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत एवं उपसचिव चेतनशील लम्सालले जानकारी दिए ।
Advertisement

Advertisement
Advertisement

यादव ०७४ र ०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा वडा नम्बर ४ बाट वडाअध्यक्षमा निर्वाचित भएका थिए ।
कमेन्ट गर्नुस्

