Close Menu
    What's Hot

    आनी छोइङ डोल्मा नियुक्ति विवादमा : लुम्बिनीपछि काठमाडौंमा पनि प्रदर्शन

    २०८३ कार्तिक १०, सोमबार १५:०८ गते

    शुक्रबार र शनिबार विशेष सावधानी अपनाउनू : मौसम विभाग

    २०८३ कार्तिक १०, सोमबार १४:२५ गते

    आठ सहरमा क्रिकेट रंगशाला बनाउने प्रक्रिया अघि बढ्यो : मन्त्री लम्साल

    २०८३ कार्तिक १०, सोमबार १४:०६ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    विशेष

    आनी छोइङ डोल्मा नियुक्ति विवादमा : लुम्बिनीपछि काठमाडौंमा पनि प्रदर्शन

    क्लिक लुम्बिनी२०८३ कार्तिक १०, सोमबार १५:०८ गते0
    विशेष

    शुक्रबार र शनिबार विशेष सावधानी अपनाउनू : मौसम विभाग

    क्लिक लुम्बिनी२०८३ कार्तिक १०, सोमबार १४:२५ गते0
    खेलकुद

    आठ सहरमा क्रिकेट रंगशाला बनाउने प्रक्रिया अघि बढ्यो : मन्त्री लम्साल

    क्लिक लुम्बिनी२०८३ कार्तिक १०, सोमबार १४:०६ गते0
    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » शेखर कोइरालाले भने- निर्वाचन प्रणाली सुधार्नुपर्छ
    प्रमुख समाचार

    शेखर कोइरालाले भने- निर्वाचन प्रणाली सुधार्नुपर्छ

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८० माघ २२, सोमबार १६:५८ गते
    advertisement
    advertisement
    advertisement

    दमक, २२ माघ । नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संविधान संशोधन गरेर भए पनि निर्वाचन प्रणालीमा सुधार ल्याउनुपर्ने बताएका छन् । संविधानमा उल्लिखित निर्वाचनसम्बन्धी व्यवस्थामा संशोधन गर्नुपर्ने उनले बताए ।

    कांग्रेसले सुरु गरेको समुदायमा कांग्रेस अभियानअन्तर्गत आज झापाको दमकमा आयोजित सुझाव सङ्कलन तथा अगुवा कार्यकर्ताहरुसँगको अन्तरक्रियामा डा कोइरालाले आरक्षित समुदायका बीचमा मात्रै चुनावी प्रतिस्पर्धा हुने गरी व्यवस्था मिलाउन आफ्नो पार्टीले नीतिगत पहल गर्ने बताए ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    उनले भने, “अब आरक्षित समुदायका लागि टिकट मात्रै होइन सिटनै सुरक्षित गर्नुपर्छ । महिला–महिला, दलित–दलितमा र जनजाति–जनजातिका बीचमा प्रतिस्पर्धा हुने गरी संविधानमा नै व्यवस्था गर्नुपर्छ ।” नेता कोइरालाले समानुपातिक प्रणालीबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने र प्रतिनिधिसभामा भने प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गर्ने व्यवस्था गरिनुपर्नेमा जोड दिए ।

    अन्तरक्रियामा झापाको माईपश्चिम भूगोल दमक, कमल, गौरादह र शिवसताक्षी नगरपालिकाका २३ जना अगुवा नेता–कार्यकर्ताले नेता कोइरालासमक्ष सुझावहरु राखेका थिए ।  नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले जिल्ला तहबाट पार्टीले सञ्चालन गरिरहेका कार्यक्रमहरुका बारेमा जानकारी दिएका थिए ।

    सुझावको ओइरो
    अन्तरक्रियाका अधिकांश सहभागीले आगामी निर्वाचनमा कांग्रेसले अन्य दलसँग गठबन्धन गर्न नहुने सुझाव दिएका थिए भने भ्रातृ सङ्घहरुको गठन र परिचालनमा ध्यान दिइनुपर्ने, समय– समयमा जनसेवाका कार्यक्रम सञ्चालन गर्नुपर्ने, सरकारमा रहेका कांग्रेसका मन्त्रीहरुको भूमिका सशक्त बनाइनुपर्ने, कांग्रेसले गरेका कामको प्रचारप्रसार उल्लेख्य मात्रामा हुनुपर्ने, चुनावमा टिकट वितरण गर्दा पहुँच र पैसालाई प्राथमिकता दिन नहुने तथा उम्मेदवारको लोकप्रियतालाई ध्यान दिनुपर्ने लगायत विविध सुझाव प्रस्तुत गरेका थिए । 

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    शेखर कोइराला
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    आनी छोइङ डोल्मा नियुक्ति विवादमा : लुम्बिनीपछि काठमाडौंमा पनि प्रदर्शन

    २०८३ कार्तिक १०, सोमबार १५:०८ गते

    शुक्रबार र शनिबार विशेष सावधानी अपनाउनू : मौसम विभाग

    २०८३ कार्तिक १०, सोमबार १४:२५ गते

    आठ सहरमा क्रिकेट रंगशाला बनाउने प्रक्रिया अघि बढ्यो : मन्त्री लम्साल

    २०८३ कार्तिक १०, सोमबार १४:०६ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.