
मोरङ । चाँदीका गहना र साम्रगीहरु सहित प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको अररिया आमगाछी पञ्चायत–१३ का २२ वर्षीय मोहम्मद अलताफ रहेका छन् ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

अवैध रुपमा चाँदीका साम्रगीहरुको ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रङ्गेलीको टोलीले मोरङको रङ्गेली नगरपालिका–७ कालीमन्दिर चोकबाट अलताफलाई चाँदी सहित पक्राउ गरेको हो ।
पक्राउ परेका आरोपीको साथबाट २ किलो ५४८ ग्राम चाँदी बरामद भएको प्रहरीले जनाएको छ । जसमध्ये चाँदीको पाउजु ६९ जोडी, चाँदीको लोटा २५ थान, चाँदीको कलस ६ थान रहेको छ ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुस्

