
काठमाडौं । सशस्त्र प्रहरी बल,नेपाल प्रधान कार्यालयले १ सय जना एसपीहरुको सरुवा गरेको छ ।
सशस्त्र प्रहरी महानीरिक्षक राजु अर्यालले फागुन १ गतेदेखि सरुवा गरिएको कार्यालयबाट सेवा सुविधा पाउनेगरी बिहीबार १ सय जनाको सरुवा गरेका हुन् ।
Advertisement

Advertisement
Advertisement

सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयका अनुसार सशस्त्र प्रहरी महानीरिक्षकको सचिवालयमा कार्यरत एसपी आनन्द थापा (मगर) लाई नम्बर २७ गण रुपन्देहीमा सरुवा गरिएको छ । रुपन्देहीका एसपी दीपक थापालाई प्रधान कार्यालयको सीमा सुरक्षा विभागमा पठाईएको छ ।
त्यस्तै नम्बर–३८ रिजर्भ गण झापामा निवन कुमार खडका, गण नम्बर–४२ बाँकेमा क्षितिज क्षेत्रीलाई सरुवा गरिएको छ । नम्बर–४० गण पिलुवा बारामा मोहन बहादुर क्षेत्री, गण नम्बर–३ मोरङमा विश्वबन्धु खड्का र गण नम्बर–१२ बारामा सन्तोष बहादुर सिंहलाई पठाइएको छ ।
हेर्नुहोस् को कहाँ सरुवा भए ?











