
भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकाको कार्यालयले मुख्य बजार क्षेत्र धकधईमा ‘अटोमेटिक नम्बर प्लेट रिकग्नाइजेसन’ (एएनपीआर) प्रणाली जडान गरेको छ ।
भैरहवा–परासी सडकखण्ड अन्तर्गत धकधई हुँदै गुड्ने सवारीसाधनहरुको प्रविधीको माध्यमले निगरानी र शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले एएनपीआर प्रणाली जडान गरिएको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

जडान गरिएको प्रणालीले क्यामेराको माध्यमबाट सवारीसाधनको नम्बर प्लेट पहिचान गर्नुका साथै आवातजावत हुने सवारीसाधनको फोटो र भिडियो तथ्यांकको रुपमा सर्भरमा सेभ गर्ने गर्दछ ।
ईलाका प्रहरी कार्यालय, धकधईसँगको सहकार्यमा क्यामेरा जडान भएपछि अब कुनै घटना पश्चात अनुसन्धान गर्न थप सहज हुने अध्यक्ष यादवले विश्वास व्यक्त गरे ।
‘रोहिणी गाउँपालिका औद्योगिक क्षेत्र पनि हो । सम्भावित घटनालाई मध्यनजर गर्दै दुर्घटना न्यूनीकरण गर्न र शान्ति सुरक्षाको दृष्टिकोणले पनि यो प्रणाली महत्वपूर्ण छ,’ उनले भने, त्यसैले हामीले यो प्रणाली जडान गरेका हौँ ।’ ईप्रका धकधईबाट निगरानी हुने गरी क्यामेरा जडान गरिएको छ ।
रोहिणी–२ का वडाअध्यक्ष करम हुसेन खानले आवातजावत हुने सवारीसाधनको नम्बर प्लेट ‘एएनपीआर’ क्यामेराले पहिचान गर्ने भएकाले घटनाको अनुसन्धानमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

ईलाका प्रहरी कार्यालय धकधईका प्रमुख प्रहरी निरीक्षक कृष्ण प्रसाद घिमिरेले कतिपय अवस्थामा जनचेतनाको कमीका कारण सवारी दुर्घटनामा ‘हिट एण्ड रन’ को अवस्थमा सवारीसाधनको ‘मुभमेन्ट’ पत्ता लगाउन सहज हुने भएकाले प्रणाली बहुउपयोगी हुने विश्वास लिइएको बताए ।
उनले भने, ‘क्यामेरा जडान भएपछि ‘हिट एण्ड रन’ गरेर नवलपरासी र भैरहवाबाट भागेर आएका सवारीसाधनहरुको पहिचान गर्न र कानूनी दायरामा ल्याउन सकिने हाम्रो विश्वास छ ।’


