Close Menu
    What's Hot

    आनी छोइङ डोल्मा नियुक्ति विवादमा : लुम्बिनीपछि काठमाडौंमा पनि प्रदर्शन

    २०८३ कार्तिक १०, सोमबार १५:०८ गते

    शुक्रबार र शनिबार विशेष सावधानी अपनाउनू : मौसम विभाग

    २०८३ कार्तिक १०, सोमबार १४:२५ गते

    आठ सहरमा क्रिकेट रंगशाला बनाउने प्रक्रिया अघि बढ्यो : मन्त्री लम्साल

    २०८३ कार्तिक १०, सोमबार १४:०६ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    विशेष

    आनी छोइङ डोल्मा नियुक्ति विवादमा : लुम्बिनीपछि काठमाडौंमा पनि प्रदर्शन

    क्लिक लुम्बिनी२०८३ कार्तिक १०, सोमबार १५:०८ गते0
    विशेष

    शुक्रबार र शनिबार विशेष सावधानी अपनाउनू : मौसम विभाग

    क्लिक लुम्बिनी२०८३ कार्तिक १०, सोमबार १४:२५ गते0
    खेलकुद

    आठ सहरमा क्रिकेट रंगशाला बनाउने प्रक्रिया अघि बढ्यो : मन्त्री लम्साल

    क्लिक लुम्बिनी२०८३ कार्तिक १०, सोमबार १४:०६ गते0
    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » रुपन्देहीको धकधईमा ‘एएनपीआर’ प्रणाली जडान
    फोकस लुम्बिनी

    रुपन्देहीको धकधईमा ‘एएनपीआर’ प्रणाली जडान

    adminadmin२०८० माघ २८, आईतवार १७:२९ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकाको कार्यालयले मुख्य बजार क्षेत्र धकधईमा ‘अटोमेटिक नम्बर प्लेट रिकग्नाइजेसन’ (एएनपीआर) प्रणाली जडान गरेको छ ।

    भैरहवा–परासी सडकखण्ड अन्तर्गत धकधई हुँदै गुड्ने सवारीसाधनहरुको प्रविधीको माध्यमले निगरानी र शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले एएनपीआर प्रणाली जडान गरिएको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    जडान गरिएको प्रणालीले क्यामेराको माध्यमबाट सवारीसाधनको नम्बर प्लेट पहिचान गर्नुका साथै आवातजावत हुने सवारीसाधनको फोटो र भिडियो तथ्यांकको रुपमा सर्भरमा सेभ गर्ने गर्दछ ।

    ईलाका प्रहरी कार्यालय, धकधईसँगको सहकार्यमा क्यामेरा जडान भएपछि अब कुनै घटना पश्चात अनुसन्धान गर्न थप सहज हुने अध्यक्ष यादवले विश्वास व्यक्त गरे ।

    ‘रोहिणी गाउँपालिका औद्योगिक क्षेत्र पनि हो । सम्भावित घटनालाई मध्यनजर गर्दै दुर्घटना न्यूनीकरण गर्न र शान्ति सुरक्षाको दृष्टिकोणले पनि यो प्रणाली महत्वपूर्ण छ,’ उनले भने, त्यसैले हामीले यो प्रणाली जडान गरेका हौँ ।’ ईप्रका धकधईबाट निगरानी हुने गरी क्यामेरा जडान गरिएको छ ।

    रोहिणी–२ का वडाअध्यक्ष करम हुसेन खानले आवातजावत हुने सवारीसाधनको नम्बर प्लेट ‘एएनपीआर’ क्यामेराले पहिचान गर्ने भएकाले घटनाको अनुसन्धानमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

    ईलाका प्रहरी कार्यालय धकधईका प्रमुख प्रहरी निरीक्षक कृष्ण प्रसाद घिमिरेले कतिपय अवस्थामा जनचेतनाको कमीका कारण सवारी दुर्घटनामा ‘हिट एण्ड रन’ को अवस्थमा सवारीसाधनको ‘मुभमेन्ट’ पत्ता लगाउन सहज हुने भएकाले प्रणाली बहुउपयोगी हुने विश्वास लिइएको बताए ।

    उनले भने, ‘क्यामेरा जडान भएपछि ‘हिट एण्ड रन’ गरेर नवलपरासी र भैरहवाबाट भागेर आएका सवारीसाधनहरुको पहिचान गर्न र कानूनी दायरामा ल्याउन सकिने हाम्रो विश्वास छ ।’

    कमेन्ट गर्नुस्
    • admin
      admin

    advertisement
    advertisement
    एएनपीआर प्रणाली क्यामेरा धकधई रोहिणी गाउँपालिका
    admin
    • Website

    सम्बन्धित सामग्री

    आनी छोइङ डोल्मा नियुक्ति विवादमा : लुम्बिनीपछि काठमाडौंमा पनि प्रदर्शन

    २०८३ कार्तिक १०, सोमबार १५:०८ गते

    शुक्रबार र शनिबार विशेष सावधानी अपनाउनू : मौसम विभाग

    २०८३ कार्तिक १०, सोमबार १४:२५ गते

    आठ सहरमा क्रिकेट रंगशाला बनाउने प्रक्रिया अघि बढ्यो : मन्त्री लम्साल

    २०८३ कार्तिक १०, सोमबार १४:०६ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • admin
      admin

    Type above and press Enter to search. Press Esc to cancel.