
पोखरा । कास्की प्रहरीले पोखरामा ६ किलो अवैध सुन र ६२ लाख रुपैयाँ सहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको पश्चिम बंगालका ४० वर्षीय सुरजित भौमिक रहेका छन् ।
Advertisement

Advertisement
Advertisement

पक्राउ परेको भौमिकको साथबाट ६.६९ किलो सुन, ६ तोला चाँदी र ६२ लाख ८१ लाख नगद बरामद भएको कास्की प्रहरी प्रमुख एसपी मोहनकुमार थापाले जानकारी दिए ।भौमिक पोखराको मोहोरिया टोलमा बस्दै आएको प्रहरीले जनाएको छ ।
तीन तल्ले घर भाडामा लिई बस्दै आएका भौमिकले अवैध सुन आयात गरी गरगहना बनाएर बिक्री गर्दै आएको प्रहरीले सूचना पाएको थियो ।
भौमिकलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुस्

