
परासी । पश्चिम नवलपरासी प्रहरीले पेस्तोल सहित दुई जनालाई पक्राउ गरेको छ ।
बिशेष सूचनाको आधारमा बर्दघाट नगरपालिका- १३ का अजय अहीर र कमल चौधरीलाई पेस्तोल सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी रेशम बोहोराले बताए ।
Advertisement

Advertisement
Advertisement

उनका अनुसार उनीहरुलाई पेस्तोल सहित बर्दघाट नगरपालिका–१२ जहदाबाट पक्राउ गरिएको हो ।
अहिरले लगाएको जिन्स पाइन्टमा लुकाएको अवस्थामा पेस्तोल बरामद भएको उनको भनाई छ ।
पक्राउ परेका दुबैजनालाई जिल्ला अदालत परासीमा हात हतियार तथा खरखजना मुद्दामा म्याद थप गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुस्
