

दाङ । दाङको घोराहीमा बिहिवार राति ड्युटी गरिरहेको महिला प्रहरीमाथी गोली प्रहार गरी हत्या गरेको घटनाले जिल्लाको सुरक्षा व्यवस्थामाथी प्रश्न उठेको छ ।
प्रहरीमाथी प्रहरीले नै गोली प्रहार गरेर हत्या गरेको घटनाले सर्वसाधरणहरुमा सुरक्षाको विषयमा बहस समेत सुरु भएको छ । यद्यपी प्रहरीले घटनामा संग्लन आरोपीलाई पक्राउ गरेको छ । तर, जघन्य अपराधपछि प्रहरीले आरोपी पक्राउ गरेपनि जिल्लामा शान्ति सुरक्षाको अवस्थाको वास्तविकता झल्किएपछि प्रश्न सहितको बहस सुरु भएको हो ।
Advertisement

Advertisement
Advertisement
प्रहरीका अनुसार घोराही उपमहानगरपालिका–१५ दामोदर चोकमा ड्युटी गरिरहेको अवस्थामा वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान धनमाया थापामाथी उनकै श्रीमान प्रहरी सहायक हवल्दार यमबहादुर झाक्रीले गोली प्रहार गरेका थिए । गोली लागेर घाइते भएको थापाको स्थानीय अस्पतालमा मृत्यु भएको थियो ।
भे १२ प ११५० नम्बर प्लेट मोटरसाइकलमा आएर गोली प्रहार गरेर फरार भएका झाक्रीलाई प्रहरीले पेस्तोल सहित सोही रात अर्जुनखोलाबाट पक्राउ गरेको थियो । झाक्री नेपालगंज तालिम केन्द्रमा कार्यरत रहेका थिए ।
‘श्रीमान श्रीमतीबीच कलहका कारण घटना भएको प्रराम्भिक अनुसन्धानमा पाइएको छ’, जिल्ला प्रहरी कार्यालय दाङका एसपी रामबहादुर केसीले भने, अहिलेसम्म पारिवारिक कलह नै मुख्य कारण रुपमा देखिएको छ तर हामीले अनुसन्धान गरिरहेको छौँ । अनुसन्धान पछि पुरै विषय खुल्नेछ ।’
थापा र झाक्रीको एक सन्तान छन् र धनमायाले माघमा जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी थिइन् ।





