Close Menu
    What's Hot

    आनी छोइङ डोल्मा नियुक्ति विवादमा : लुम्बिनीपछि काठमाडौंमा पनि प्रदर्शन

    २०८३ कार्तिक १०, सोमबार १५:०८ गते

    शुक्रबार र शनिबार विशेष सावधानी अपनाउनू : मौसम विभाग

    २०८३ कार्तिक १०, सोमबार १४:२५ गते

    आठ सहरमा क्रिकेट रंगशाला बनाउने प्रक्रिया अघि बढ्यो : मन्त्री लम्साल

    २०८३ कार्तिक १०, सोमबार १४:०६ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    विशेष

    आनी छोइङ डोल्मा नियुक्ति विवादमा : लुम्बिनीपछि काठमाडौंमा पनि प्रदर्शन

    क्लिक लुम्बिनी२०८३ कार्तिक १०, सोमबार १५:०८ गते0
    विशेष

    शुक्रबार र शनिबार विशेष सावधानी अपनाउनू : मौसम विभाग

    क्लिक लुम्बिनी२०८३ कार्तिक १०, सोमबार १४:२५ गते0
    खेलकुद

    आठ सहरमा क्रिकेट रंगशाला बनाउने प्रक्रिया अघि बढ्यो : मन्त्री लम्साल

    क्लिक लुम्बिनी२०८३ कार्तिक १०, सोमबार १४:०६ गते0
    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » साना किसान कृषि सहकारीको अध्यक्षमा पुनः गुल्जारी
    अर्थ

    साना किसान कृषि सहकारीको अध्यक्षमा पुनः गुल्जारी

    adminadmin२०८० फाल्गुन १०, बिहीबार २३:४२ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा : साना किसान कृषि सहकारी संस्था लिमिटेड गोनहाको अध्यक्षमा पुनः ओम प्रकाश यादव (गुल्जारी) निर्वाचित भएका छन् । बिहिबार सम्पन्न संस्थाको २० औं वार्षिक साधारण सभा तथा पाचौं अधिवेशनले आगामी ४ बर्षे कार्यकालको लागि पुनः यादवकै नेतृत्वमा कार्यसमिति चयन गरेको हो ।

    समितिको उपाध्यक्षमा अनुरुध प्रसाद बनिया रहेका छन् । यस्तै सदस्यहरुमा राम कुमार यादव, दिनेश बरई, संगिता यादव, शोभा यादव, कमला यादव र भगवानदास कुर्मि रहेको संस्थाका व्यवस्थापक अभय तिवारीले जानकारी दिए ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    संस्थाको २० औं बार्षिक साधारण सभालाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य वसिउद्दिन खाँनले ढुक्क भएर साना किसान कृषि सहकारीमा लगानी गर्न आग्रह गरे ।

    उनले सहकारीहरुबारे बजारमा अनावश्यक हल्ला फैलाईएको बताउदै यसबाट जोगिन शेयर सदस्यहरुलाई आग्रह गरे । ३ हजार ६ सय बढी शेयर सदस्य रहेको सहकारी त्यसै जोखिममा नपर्ने उनले जिकिर गरे । सहकारीमा सहकारी बिभाग संगै अन्य धेरै निकायहरुको अनुगमनकारी भूमिका रहेको हुदा नडराउन उनले शेयर सदस्यहरुलाई आग्रह गरे ।

    प्रदेश सांसद खाँनले प्रदेश सरकारको औचित्य पुष्टि गर्दै यसले सरकार र जनतालाई सिधा जोडेको बताए । मर्चवारको विकासमा २ अर्ब भन्दा बढीको लगानी गरिसकेको बताउदै उनले मर्चवारमा क्याम्पस, पुल देखि बाटोमा प्रदेश सरकारले लगानी गरेको दावी गरे ।

    उनले मर्चवारको लाइफलाईनको रुपमा रहेको ४ लेनको बाटो बिभिन्न अवरोधहरु पन्छाई सम्पन्नता उन्मुख रहेको बताए । सोही बाटोलाई आगामी बर्ष देखि खैराघाट सम्म पुग्ने गरि बजेट बिनियोजनको तयारी भईरहेको उनले जानकारी दिए ।

    पूर्व कृषि राज्यमन्त्री समेत रहेका सहकारीका अध्यक्ष ओमप्रकाश यादव (गुल्जारी) ले केहि अवाञ्छित तत्वहरु दुख दिने नियतका साथ अनावश्यक हल्ला फैलाएको गुनासो गरे ।

    उनले आर्थिक मन्दीको मौका छोपी सहकारीलाई सकाउने खेल भए पनि आफुले त्यसलाई असफल बनाइ दिएको दावी गरे । “यस बिच बिभिन्न प्रकारका मुद्दा, उजुरी दिई दुख दिनेहरु आए,” यादवले भने “सहकारीको काम पारदर्शी र स्पष्ट रहेको कारण त्यस्ता आरोपहरुबाट जोगिएका छौं ।”

    उनले सहकारीका सदस्यहरुलाई उनीहरुले खोजेकै आधारमा बचत तथा ऋण लगानी गरेको बताए । यादवले पनि साना सहकारी अन्य सहकारीहरु भन्दा फरक प्रकृतिको सहकारी संस्था रहेको बताए । सरकारको प्रत्यक्ष निगरानीमा रहेको साना सहकारीहरुमा कसैले पनि अनियमितता गर्न नसक्ने उनको जिकिर थियो ।

    सहकारीका ब्यवस्थापक अभय तिवारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा मायादेवी गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष शैलेन्द्र कुमार पाण्डे, साना किसान लघुवित्तका बुटवलका शाखा प्रवन्धक गणेश प्रसाद भट्टराई, अधिकृत निरन्जन निषाद लगायतले बोलेका थिए ।

    कमेन्ट गर्नुस्
    • admin
      admin

    advertisement
    advertisement
    गुल्जारी साना किसान कृषि सहकारी
    admin
    • Website

    सम्बन्धित सामग्री

    आनी छोइङ डोल्मा नियुक्ति विवादमा : लुम्बिनीपछि काठमाडौंमा पनि प्रदर्शन

    २०८३ कार्तिक १०, सोमबार १५:०८ गते

    शुक्रबार र शनिबार विशेष सावधानी अपनाउनू : मौसम विभाग

    २०८३ कार्तिक १०, सोमबार १४:२५ गते

    आठ सहरमा क्रिकेट रंगशाला बनाउने प्रक्रिया अघि बढ्यो : मन्त्री लम्साल

    २०८३ कार्तिक १०, सोमबार १४:०६ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • admin
      admin

    Type above and press Enter to search. Press Esc to cancel.