Close Menu
    What's Hot

    ३४ ग्राम खैरो हेरोइन र साढे पाँच लाखसहित चार जना पक्राउ

    २०८३ कार्तिक ११, मंगलवार १७:२१ गते

    नेपाली समाजमा विद्वानको योगदानलाई चिन्न नसक्ने प्रवृत्ति: ओली

    २०८३ कार्तिक ११, मंगलवार १७:१५ गते

    लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खाँ रिहा

    २०८३ कार्तिक ११, मंगलवार १७:०२ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    प्रमुख समाचार

    ३४ ग्राम खैरो हेरोइन र साढे पाँच लाखसहित चार जना पक्राउ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:२१ गते0
    प्रमुख समाचार

    नेपाली समाजमा विद्वानको योगदानलाई चिन्न नसक्ने प्रवृत्ति: ओली

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:१५ गते0
    विशेष

    लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खाँ रिहा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:०२ गते0
    अर्थ

    ठगीका आरोपित ३५ दिनभित्र सम्पर्कमा आउनू: वैदेशिक रोजगार विभाग

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १३:०२ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » सिद्धार्थनगरमा अपाङ्गता स्वास्थ्य शिविर गरिदै
    मेन स्टोरी

    सिद्धार्थनगरमा अपाङ्गता स्वास्थ्य शिविर गरिदै

    adminadmin२०८० फाल्गुन १६, बुधबार १३:०५ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा : रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा शारीरिक रुपमा अशक्तहरुको लागि निःशुल्क स्वास्थ्य परीक्षण शिविर हुने भएको छ ।

    सिद्धार्थनगर नगरपालिकाको कार्यालय र अपांग बाल अस्पताल तथा पुनस्र्थापन केन्द्र, काभ्रेपलाञ्चोकको संयुक्त आयोजनामा फागुन १९ गते (शनिबार) शारीरिक रुपमा अशक्तहरुको लागि निःशुल्क स्वास्थय परिक्षण शिविर हुने भएको हो । उक्त शिविर भीम अस्पताल परिसरमा संचालन हुनेछ ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    सर्वसाधारणका हितका लागि नगर रहेका शारीरिक रुपमा अशक्तहरुको स्वास्थ्य परिक्षण शिविर संचालन गर्न लागिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले बताए ।

    ‘शारीरिक रुपमा अशक्त भएपनि आर्थिक अभाव वा अन्य समस्याका कारण सर्वसाधारणले सहायता सामग्री वा परीक्षण समेत गराउन नसकेको अवस्था छ’ उनले भने, ‘यस शिविरले नगरवासी लाभान्वित हुने विश्वास लिएका छौँ ।’

    १८ वर्षसम्मका बालबालिकालाई लक्षित गरेर शिविर संचालन हुने भए पनि उक्त उमेर समुह भन्दा बढीका कोही सर्वसाधारण आएको अवस्थामा समेत सेवा प्रवाह गरिने नगरपालिकाको कार्यालयले जनाएको छ ।

    सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले शिविरको क्रममा शारीरिक रुपमा अशक्त भएका व्यक्तिको स्वास्थ्य परीक्षणका साथै आवश्यकता अनुसार सहायता सामग्री समेत उपलब्ध गराउने बताइन् ।

    उनका अनुसार उक्त शिविरमा कृत्रिम अंगको आवश्यक भएका व्यक्तिको नापजाँच गरिने र सो नाप अनुसार उनीहरुलाई शिविर पश्चात कृत्रिम अंग समेत उपलब्ध गराइनेछ ।

    साथै, आवश्यकता अनुसार अपांग बाल अस्पताल तथा पुनस्थापन केन्द्रमा निकै न्यून शुल्कमा थप उपचारका लागि आवश्यक समन्वय समेत गरिने उपप्रमुख अधिकारीले जानकारी दिइन् । शारीरिक अपांगता व्यक्तिका साथै हाडजोर्नी सम्बन्धी समस्याका व्यक्तिहरुले पनि शिविरमा सेवा लिन सकिने उनले बताइन ।

    ‘चिसोयाममा वर्षौ अघिको हाडजोर्नी समस्याले पनि सर्वसाधारणहरु ग्रस्त हुन्छन्’ उनले भनिन्, ‘उक्त समस्यालाई पनि मध्यनजर गर्दै शिविरमा हाडजोर्नी सम्बन्धीका सेवा प्रवाह गरिनेछ ।’

    पैतला भित्र फर्केको, अंगहरु एकआपसमा टाँसिएको, भाँचिएर बांगो भएको वा हड्डी नजोडिएको खुट्टा लुलो र कमजोर भएको, ढाड बांगो, वा कुप्रो भएको, जोर्नीहरु र घुँडाको पांग्रो खुस्किएको लगायत समस्या भएको व्यक्तिले शिविरमा सेवा लिन सकिने सिद्धार्थनगर नगरपालिकाको महिला, बालबालिका तथा समाज कल्याण शाखा प्रमुख कौशिल्या चौधरीले बताइन् ।

    कमेन्ट गर्नुस्
    • admin
      admin

    advertisement
    advertisement
    अपाङ्गता सिद्धार्थनगर नगरपालिका स्वास्थ्य शिविर
    admin
    • Website

    सम्बन्धित सामग्री

    नेपाली समाजमा विद्वानको योगदानलाई चिन्न नसक्ने प्रवृत्ति: ओली

    २०८३ कार्तिक ११, मंगलवार १७:१५ गते

    लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खाँ रिहा

    २०८३ कार्तिक ११, मंगलवार १७:०२ गते

    ठगीका आरोपित ३५ दिनभित्र सम्पर्कमा आउनू: वैदेशिक रोजगार विभाग

    २०८३ कार्तिक ११, मंगलवार १३:०२ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • admin
      admin

    Type above and press Enter to search. Press Esc to cancel.