
भैरहवा : रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको कार्यालयले अन्तराष्ट्रिय महिला दिवसको अवसरमा प्रभातफेरी लगायत कार्यक्रम गरेको छ ।
प्रत्येक वर्षको मार्च ८ तारिखका दिन अन्तर्राष्ट्रिय महिला दिवस मनाईने गरिन्छ । ‘महिलामा लगानी, मर्यादित समुन्नत समाजको थालनी’ भन्ने नाराका साथ ११४ ओैँ उक्त दिवसका दिन विभिन्न संघसंस्थाको सहभागीतामा कार्यालयले भैरहवाको देवकोटा चोक देखि कार्यालयको प्रांगणसम्म प्रभातफेरी गरेेको थियो ।
Advertisement

Advertisement
Advertisement

साथै, उक्त अवसरमा सिद्धार्थनगरले १० जना महिला सरसफाईकर्मीहरुलाई सम्मान समेत गरेको छ । पालिकाले उनीहरुलाई खाधन्न साम्रगी र सम्मान पत्र सहित उनीहरुलाई सम्मान गरेको हो । कार्यक्रममा महिला सशक्तीकरण समानता, जागरुता लगायतका विषयमा कबिता वाचन गरिएको थियो ।
‘परिवार सम्हाल्नुुका साथै महिला सरसफाइकर्मीहरु एकाबिहानै देखि नगर सफा राख्नका लागि खटिएका हुन्छन्’ सिद्धार्थनगरको उपप्रमुख उमा अधिकारीले भनिन्, ‘थप मनोबल बढाउनका लागि यस वर्ष उनीहरुलाई सम्मान गरेका हौँ ।’

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापाइले दाईजो प्रथाका कारण महिलाहरुले दु:ख, पीडा भोग्नुपरेकोले प्रथाको अन्तय हुनुपर्ने बताए ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले महिला दिवस मनाउँदा यसको उपलब्धी तर्फ मनन गर्न जरुरी रहेको बताए ।
सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारिले शिक्षाको अभावले समाजमा अझै पनि महिला माथी विभेद भएको बताउँदै परिवारबाटै व्यवहारमा परिवर्तन ल्याए समग्र समाज परिवर्तन हुने बताइन् ।
‘महिलाहरुमाथी महिलाबाटै समेत विभेद हुने गरेको पाईएकोले सोच परिवर्तन गर्न जरुरी छ’ उनले भनिन्, ‘सुरुवात आफैबाट गरे पक्कै पनि समाजमा परिवर्तन हुन्छ ।’


