Close Menu
    What's Hot

    आनी छोइङ डोल्मा नियुक्ति विवादमा : लुम्बिनीपछि काठमाडौंमा पनि प्रदर्शन

    २०८३ कार्तिक १०, सोमबार १५:०८ गते

    शुक्रबार र शनिबार विशेष सावधानी अपनाउनू : मौसम विभाग

    २०८३ कार्तिक १०, सोमबार १४:२५ गते

    आठ सहरमा क्रिकेट रंगशाला बनाउने प्रक्रिया अघि बढ्यो : मन्त्री लम्साल

    २०८३ कार्तिक १०, सोमबार १४:०६ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    विशेष

    आनी छोइङ डोल्मा नियुक्ति विवादमा : लुम्बिनीपछि काठमाडौंमा पनि प्रदर्शन

    क्लिक लुम्बिनी२०८३ कार्तिक १०, सोमबार १५:०८ गते0
    विशेष

    शुक्रबार र शनिबार विशेष सावधानी अपनाउनू : मौसम विभाग

    क्लिक लुम्बिनी२०८३ कार्तिक १०, सोमबार १४:२५ गते0
    खेलकुद

    आठ सहरमा क्रिकेट रंगशाला बनाउने प्रक्रिया अघि बढ्यो : मन्त्री लम्साल

    क्लिक लुम्बिनी२०८३ कार्तिक १०, सोमबार १४:०६ गते0
    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » पालिकाहरुमा सञ्जाल बनाउँदै रुपन्देही उद्योग संघ
    अर्थ

    पालिकाहरुमा सञ्जाल बनाउँदै रुपन्देही उद्योग संघ

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८० चैत्र १, बिहीबार १३:३८ गते
    advertisement
    advertisement
    advertisement

    बुटवल : रुपन्देही उद्योग संघले जिल्लाको शुद्धोधन गाउँपालिकामा यो कार्यकालमा पहिलोपटक तहगत समिति गठन गरेको छ । संघको विधानअनुसार गाउँपालिकामा २५, नगरपालिकामा ५० र उपमहानगरमा १ सय उद्योगी संघमा दर्ता रहेपछि तहगत समिति गठन गरिन्छ ।

    रुपन्देहीको शुद्धोधन क्षेत्रमा रहेका उद्योगीहरुको भेलाले संघका कार्यसमिति सदस्य तथा क्रियसन फर्मलेशन प्रालिका सञ्चालक टंकनारायण आचार्यको संयोजकत्वमा ५ जनाको समिति गठन गरेको हो । समितिको सह–संयोजकमा सागर आयल मिलका रेशमलाल उपाध्यक्ष र सदस्यहरुमा अन्जना बेकरिज उद्योगका विनोदप्रसाद चौधरी, बस्याल फर्निचर उद्योगका चण्डी बस्याल, न्यू लक्ष्मी सःमिलका लालुमाया थापा रहेका छन् । 

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    कार्यक्रममा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद बस्यालले आफ्नो पालिकालाई पहिलो रोजाइमा पारेर उद्योग संघले स्थानीय उद्योगीको संरक्षणमा ध्यान दिएकोमा महसुस भएको बताउँदै उद्योगमैत्री वातावरण बनाउन, त्यसबारे स्थानीय नीति बनाउन र कार्यान्वयन गर्न पहल गर्ने प्रतिवद्धता जनाए । ‘स्थानीय क्षेत्रमा रहेका उद्योगीसँग छलफल गरेर कसरी जाने भन्ने विषयमा योजना बनाउँछु, भएका नीतिबारे छलफल चलाउँछु र उद्योगीलाई सहज हुने वातावरण बनाउन पहल गर्छु’ उनले भने ।

     पालिकाका पूर्वअध्यक्ष तथा उद्योगी किशुनचन्द्र चौधरीले आर्थिक मन्दी, बैंक तथा वित्तीय संस्थाको चपेटामा परेका उद्योगीलाई राहत हुने गरी स्थानीय सरकार र सम्बद्ध संघ–संस्थाले कार्यक्रम अगाडि ल्याउनुपर्ने बताए । ‘अहिले उद्योगी थला पार्ने नीति छ, त्यसको खबरदारी संघले गर्नुपर्यो, भन्सार, अन्तःशुल्क त ठिकै छ वस्तु उत्पादन नहुँदै सामानको भ्याट तिरेर ल्याएर वर्षौ लगानी फ्रिज हुने गरेको छ, त्यो विषयमा पनि बोलौ अब,’ चौधरीले भने ।

    पालिका तहमा रहेका उद्योगीहरुलाई संगठित बनाएर सो क्षेत्रमा उद्योगमैत्री नीति निर्माण गरी कार्यान्वयनमा पहल गर्न संघले तहगत समितिको अवधारणा अघि सारेको संघका अध्यक्ष दिलिप सापकोटाले बताए । उनले संघले अहिले उत्पादनमूलक उद्योगीहरुलाई ध्यान दिँदै केही सेवामूलक उद्योगीहरुलाई पनि जोड्दै गएको जानकारी दिँदै उद्योगीको हितका लागि नियमनकारी निकायसँग पहल गर्ने, विधागत तालिम सञ्चालन गरेर दक्ष कामदार बनाउने, तीनै तहका सरकारलाई उद्योगमैत्री नीति निर्माण र कार्यान्वयनमा पहल गर्ने काम गरिरहेका जानकारी दिए ।

     पूर्वअध्यक्ष तथा सल्लाहकार परिषदका संयोजक बाबुराम बोहोराले रुपन्देहीमा रहेको मोतीपुर औद्योगिक क्षेत्रलाई सकेसम्म छिटो सञ्चालन गर्ने वातावरण बनाउन आग्रह गरे ।
    संघका महासचिव हिरामणी भट्टराईको संचालनमा भएको कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर घर्ती, वरिष्ठ उपाध्यक्ष तथा तहगत समितिका संयोजक कृष्णप्रसाद पराजुली, प्रथम उपाध्यक्ष जीवकान्त काफ्ले, नवनिर्वाचित शुद्धोधन तहगत समितिका संयोजक टंकनारायण आचार्यलगायतले स्थानीय तहमा रहेका उद्योगीहरुका पक्षमा स्थानीय सरकारले गर्नुपर्ने कामका बारेमा सुझाव राखेका थिए । 

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    रुपन्देही उद्योग संघ
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    आनी छोइङ डोल्मा नियुक्ति विवादमा : लुम्बिनीपछि काठमाडौंमा पनि प्रदर्शन

    २०८३ कार्तिक १०, सोमबार १५:०८ गते

    शुक्रबार र शनिबार विशेष सावधानी अपनाउनू : मौसम विभाग

    २०८३ कार्तिक १०, सोमबार १४:२५ गते

    आठ सहरमा क्रिकेट रंगशाला बनाउने प्रक्रिया अघि बढ्यो : मन्त्री लम्साल

    २०८३ कार्तिक १०, सोमबार १४:०६ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.