Close Menu
    What's Hot

    आनी छोइङ डोल्मा नियुक्ति विवादमा : लुम्बिनीपछि काठमाडौंमा पनि प्रदर्शन

    २०८३ कार्तिक १०, सोमबार १५:०८ गते

    शुक्रबार र शनिबार विशेष सावधानी अपनाउनू : मौसम विभाग

    २०८३ कार्तिक १०, सोमबार १४:२५ गते

    आठ सहरमा क्रिकेट रंगशाला बनाउने प्रक्रिया अघि बढ्यो : मन्त्री लम्साल

    २०८३ कार्तिक १०, सोमबार १४:०६ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    विशेष

    आनी छोइङ डोल्मा नियुक्ति विवादमा : लुम्बिनीपछि काठमाडौंमा पनि प्रदर्शन

    क्लिक लुम्बिनी२०८३ कार्तिक १०, सोमबार १५:०८ गते0
    विशेष

    शुक्रबार र शनिबार विशेष सावधानी अपनाउनू : मौसम विभाग

    क्लिक लुम्बिनी२०८३ कार्तिक १०, सोमबार १४:२५ गते0
    खेलकुद

    आठ सहरमा क्रिकेट रंगशाला बनाउने प्रक्रिया अघि बढ्यो : मन्त्री लम्साल

    क्लिक लुम्बिनी२०८३ कार्तिक १०, सोमबार १४:०६ गते0
    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » बुटवलका पेशाकर्मीसँग शेेखरको सुझाव संकलन
    राजनीति

    बुटवलका पेशाकर्मीसँग शेेखरको सुझाव संकलन

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८० चैत्र ८, बिहीबार १४:०३ गते
    advertisement
    advertisement
    advertisement

    बुटवल, ८ चैत । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले समाजमा फरकफरक पेसा आबद्ध भएको व्यक्तिहरूसँग सल्लाह–सुझाव लिन सुरु गरेका छन् ।

    नेपाली कांग्रेसले अब लिने बाटो, निर्वाचनमा समानुपातिक प्रणाली, आर्थिक क्षेत्र सुधारका आदिको विषयमा बुधबार बुटवलमा क्रियाशील विभिन्न क्षेत्रका अगुवासँग छलफल गरेका हुन् ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    उनले रुपन्देहीको बुटवलमा झण्डै दुई घण्टा विद्यार्थी, चिकित्सक, इञ्जिनियर, अधिवक्ता, उद्योगी–व्यवसायीसँग सुझाव लिएका छन् । डा. कोइरालाले नेपाल चिकित्सक संघले आयोजना गरेको बुद्धिजीवीसँग कांग्रेस वरिष्ठ नेता डा. शेखर कोइरालाको छलफल कार्यक्रममा सबैका सुझावहरू सुनेर लिखित सुझाव पनि लिएका छन् ।

    उनले यी सुझावलाई पार्टी, संसद् र सरकारलाई कार्यान्वयन गर्न दबाब दिने प्रतिबद्धता जनाएका छन् । नेपाली कांग्रेसका नेता डा. गोविन्द पोखरेल, कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर सिंह पुनलाई साथ राखेर पेशाकर्मीहरूसँग सुझाव लिन बसेका कोइरालाले पार्टीले लिने नीति, सरकारका काम–कारवाही, निर्वाचन, पछिल्लो आर्थिक अवस्थाका विषयमा विद्यार्थी, चिकित्सक, इञ्जिनियर, अधिवक्ता, प्राध्यापक, शिक्षक, उद्योगी–व्यवसायीलगायतले बुँदागत रूपमा सुझाव लिएका हुन् ।

    नेपाल प्राध्यापक संघ पूर्व केन्द्रीय सभापति डा. बुद्ध बहादुर थापा, डा. कृष्ण खरेल, प्राध्यापक नुरजंग केसी, अधिवक्ता कृष्ण पोखरेल, पूर्व शिक्षक तिलकराम शर्मा लगायतले निःशुल्क शिक्षा र स्वास्थ्य नीति ल्याउनुपर्ने सुझाव दिएका थिए । इञ्जिनियर मिलन थापा, शैलेन्द्र श्रेष्ठले प्राविधिकलाई प्रयोग गर्दे नेपालमा भएका खानीको सदुपयोग गर्ने नीति ल्याउनुपर्ने सुझाव दिएका थिए ।

    नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद शर्मा, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्याल, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर प्रसाद श्रेष्ठ, उद्योगी गणेशचन्द्र पोखरेल, नवराज श्रेष्ठ, चुन्नु प्रसाद पौडेल लगायतले बैंक, बिमामा लगानी गर्ने र उद्योगी एउटै हुँदा स्वार्थ बाझिएको बताएका थिए ।

    त्यस्तै नेपाल किसान महासंघ लुम्बिनी प्रदेश अध्यक्ष रिता के.सी., नेपाली कांग्रेस क्षेत्रीय सदस्य लक्ष्मी श्रेष्ठ, अधिकारकर्मी राधा अधिकारी लगायतले समानुपातिक निर्वाचनमा नेताको नजिक भन्दा क्षमता भएका जानुपर्ने बताएका थिए । दुईदिन रुपन्देहीमा नेपाली काँग्रेसका विभिन्न कार्यक्रममा सहभागी हुन आएका डा. कोइरालालाई बुटवलमा कांग्रेस प्रदेश सदस्य विष्णु पोखरेलले सुझाव संकलन गर्न व्यवस्थापन गरेका थिए ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    नेपाली काँग्रेस शेखर कोईराला
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    आनी छोइङ डोल्मा नियुक्ति विवादमा : लुम्बिनीपछि काठमाडौंमा पनि प्रदर्शन

    २०८३ कार्तिक १०, सोमबार १५:०८ गते

    शुक्रबार र शनिबार विशेष सावधानी अपनाउनू : मौसम विभाग

    २०८३ कार्तिक १०, सोमबार १४:२५ गते

    आठ सहरमा क्रिकेट रंगशाला बनाउने प्रक्रिया अघि बढ्यो : मन्त्री लम्साल

    २०८३ कार्तिक १०, सोमबार १४:०६ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.