
भैरहवा, १८ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलको कार्यालयले कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष उजेर अलीलाई घुस सहित पक्राउ गरेको छ ।
अख्तियारले वडाअध्यक्षले सेवाग्राहीसगँ जग्गा बाटो सिफारिसको लागि माग गरेको १५ हजार रुपैयाँ घुस लिदै गर्दा वडा कार्यालय क्षेत्र गैडहवाबाट रंगेहात पक्राउ गरेको स्थानीय स्रोतले जनाएको छ । यद्यपी अख्तियारको बुटवल कार्यालयले घटनाबारे कुनै जानकारी नभएको दावी गरेको छ ।
Advertisement

Advertisement
Advertisement

‘अख्तियारले वडाअध्यक्षलाई नियन्त्रणमा लिएको सुनेको कुरा सही हो’ महाराजगंज नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रविन्द्र प्रसाद चौधरीले अन्नपूर्ण पोष्ट्सगँ भने, थप डिटेल पछि दिउँला ।’

