
भैरहवा, २१ चैत । रुपन्देही जिल्लामा अवस्थित पर्यटकीय स्थलहरुको प्रवद्र्धन, र सहकर्मी उद्योग बाणिज्य संघहरुको अवलोकन तथा अनुभव आदानप्रदानका लागि सिद्धार्थ उद्योग बाणिज्य संघको टोली पूर्वी नेपालको भ्रमणमा निस्किएको छ । संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठको नेतृत्वमा २७ सदस्यीय टोली पूर्वी नेपालको भ्रमणमा निस्किएको हो ।
‘आन्तरीक पर्यटन प्रवद्र्धन र पूर्वी नेपालका हाम्रा सहकर्मी उद्योग बाणिज्य संघको अवलोकन गरी अनुभव अदानप्रदान गर्नका लागि भ्रमणमा जाँदैछौँ’, उनले भने, ‘त्यहाँको उद्योगी व्यवसायीहरुलाई हाम्रो क्षेत्रमा लगानी गर्न आह्वानका साथै सकारात्क र राम्रा पक्षहरुलाई अनुसरण गर्नेछौँ ।’
Advertisement

Advertisement
Advertisement

संघका महासचिव कृष्णप्रसाद घिमिरेका अनुसार चितवन, रत्ननगर, मकवानपुर, बिरगंज, जनकपुर, मोरङ, धरान र धनकुटा उद्योग बाणिज्य संघको अवलोकन गरी व्यवसायिक अनुभव आदानप्रदान गरिनेछ ।
‘यसक्रममा पर्ने गन्तव्यहरुको भ्रमण गरीआन्तरिक पर्यटन प्रबर्द्धन गरिनेछ’, उनले भने ।
संघको टोलीले भैरहवा, लुम्बिनी, बुटवल फुलबारी, लुम्बिनी केबलकार, बाउन्नकोटी, मत्स्य हब छपिया, शंकरनगर वनबाटिका, गैडहवा ताल, शिव मन्दिर, अष्ट्रिच फार्म लगायतका गन्तव्यमा भ्रमण गर्न आग्रह गर्ने छ ।आन्तरिक पर्यटन प्रबर्द्धन तथा अध्ययन अवलोकन भ्रमणमा संघका पूर्वअध्यक्ष कुलप्रसाद न्यौपाने, निवर्तमान अध्यक्ष भीष्मप्रसाद न्यौपाने, संघका पदाधिकारी तथा सदस्यहरु लगायत सहभागी छन् ।

