
भैरहवा, २५ चैत । बुटवल उपमहानगरपालिकाको सहयोगमा कर्णेल उजिर सिंह थापा स्मृति अन्तर्राष्ट्रिय रेटिङ बुद्धिचाल प्रतियोगिता शुरु भएको छ । रेटिङ समूह २ हजार मूनिको अन्तर्राष्ट्रिय मेयर कप बुद्धिचाल खेलमा नेपाल लगायत अमेरिका, भारत र बंगलादेशका कूल २०० जना अन्तर्राष्ट्रिय खेलाडीहरुको सहभागीता रहेको छ ।
बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेले कार्यक्रमको उदघाटन गर्दै ईष्ट ईन्डिया कम्पनीको शैन्य समूहसंग सामान्य हतियार बोकि युद्ध गरेर बिजय प्राप्त गरेका कर्नेल उजिन सिंह थापाको सम्मानमा अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको आयोजना गर्न सफल भएको बताए ।
Advertisement

Advertisement
Advertisement

उदघाटन समारोहमा प्रतियोगिता संयोजक माधव प्रसाद प्रधानले लामो समयपछि बुटवल उपमहानगरपालिकामा बुद्धिचाल खेललाई पुनः सञ्चालन गर्रि विभिन्न देशका खेलाडीहरुलाई नगरमा न्यानो आतिथ्यता प्रदान गरेको जानकारी गराए । उनले प्रतियोगिताका उपाधी विजयी खेलाडीले नगद दुई लाख पुरस्कार प्राप्त गर्ने बताए ।
त्यसैगरी द्वितीय हुनेले एक लाख दश हजार, तृतीयले ६० हजार, चौथोले ४० हजार र पाँचौ स्थानमा आउनेले ३० हजर नगद पुरस्कार प्राप्त गर्नेछन् । अन्तर्राष्ट्रिय प्रतियोगिताका अन्तर्राष्ट्रिय आर्विटर निरञ्जन प्रजापतिका अनुसार कूल ५० जना खेलाडीहरुले बिसौंं स्थानसम्म र विभिन्न विधा अन्तर्गत जम्मा नगद दश लाख एक हजार नगद, ट्रफि, प्रमाणपत्र प्राप्त गर्ने छन् ।
नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनका अनुसार पहिलो चरणका खेलमा टप सिडेड बंगलादेशी सिएम जमाल उदिन, नेपालका एफएम रुपेश जैसवाल, भारतका राघव श्रीवास्तव, अमेरिकन खेलाडी वेभर सिया, भारतका मिथिलेस श्रीवास्तव, नेपालका सिएम कृष्ण थापा, भारतका डब्लू एफएम ब्रिष्टी मुखर्जी, एसिएम रिहान्स पाण्डे, एआइएम दिपाञ्जलीले आफ्नो पहिलो जीत संगै १/१ अंक जोड्न सफल बनेका छन् ।
अन्य प्रतिस्पर्धा मार्फत जित हासिल गर्नेमा बुटवल निवासी नेपालका महिला राष्ट्रिय खेलाडी नमन सेढाई, शिखर रेग्मी, विसनमान थैव, सिएम पुरुषोत्तम चौलागाईं, सिएम सजिन महर्जन, राजेन्द्रप्रसाद श्रैष्ठ, सुरज महर्जन, अशोक मोहन श्रेष्ठ, पुरुषोत्तम सिलवाल, सुदिप तामाङ लगायत ७६ जनाले १र१ अंक बनाई राम्रो शुरुवात गरेका छन् ।
नेपाल बुद्धिचाल महासंघका केन्द्रीय सदस्य राजु ताम्राकारका अनुसार कोलोनेल उजिर सिंह थापा स्मृति मेयर कप अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता नौ चरणको लिग सिप्टममा खेल खेलाइने छ ।चैत २३ गते शुरु भई २७ गते सम्पन्न हुने प्रतियोगितामा उत्कृष्ट अंक हुनेहरु विच प्रतिस्पर्धा गरि विजेताको छनौट गरिने उनले बताए ।

