Close Menu
    What's Hot

    ठगीका आरोपित ३५ दिनभित्र सम्पर्कमा आउनू: वैदेशिक रोजगार विभाग

    २०८३ कार्तिक ११, मंगलवार १३:०२ गते

    जग्गा कित्ताकाट खुलाउन व्यवसायीको माग, सहजीकरण गर्ने मन्त्रीको आश्वासन

    २०८३ कार्तिक ११, मंगलवार १२:३८ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्ति विवाद : संयोजक अकरम पक्राउ

    २०८३ कार्तिक ११, मंगलवार १२:०४ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    अर्थ

    ठगीका आरोपित ३५ दिनभित्र सम्पर्कमा आउनू: वैदेशिक रोजगार विभाग

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १३:०२ गते0
    मेन स्टोरी

    जग्गा कित्ताकाट खुलाउन व्यवसायीको माग, सहजीकरण गर्ने मन्त्रीको आश्वासन

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १२:३८ गते0
    विशेष

    लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्ति विवाद : संयोजक अकरम पक्राउ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १२:०४ गते0
    विशेष

    आनी छोइङ डोल्मा नियुक्ति विवादमा : लुम्बिनीपछि काठमाडौंमा पनि प्रदर्शन

    क्लिक लुम्बिनी२०८३ कार्तिक १०, सोमबार १५:०८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » भारतबाट पाँच किशोरीहरुको उद्दार
    अन्तर्राष्ट्रिय

    भारतबाट पाँच किशोरीहरुको उद्दार

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८० चैत्र २६, सोमबार २२:०७ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, २६ चैत । नेपालको विभिन्न सीमानाकाबाट भारत पुगेका पाँच जना नेपाली युवतीहरुको उद्दार भएको छ । सामाजिक संजालबाट अन्जान व्यक्तिको सम्पर्क आएर विभिन्न प्रलोभनमा परी भारत पुगेका युवतीहरु बेचबिखनको उच्च जोखिममा रहेको अवस्थामा उनीहरुलाई बिहार राज्यको बैशाली जिल्लाबाट उद्दार गरिएको केआइएन इण्डिया संस्था भारतका टिम लिडर नविन जोशीले जानकारी दिए ।

    उनले आफुहरुलाई घटनाबारे जानकारी पाएलग्त्तै उद्दारका लागि प्रयास सुरु गरेको र उद्दार गरी स्वदेशफिर्ती गराइएको बताए ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    संस्थाले १४ देखि १७ वर्ष उमेरसमूहका रहेका रुपन्देहीका दुई, पर्साका दुई र धनुषका एक जना युवतीको उद्दार गरी जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई बुझाएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी (सीडिओ) गणेश अर्यालले एक कार्यक्रमका बीच युवतीहरुको मनोबल बढाउनका लागि खादा लगाएर स्वागत गरेका थिए ।

    ‘सीमानाकाबाट हुने मानव बेचबिखन नियन्त्रणका लागि राज्य र संस्थाहरुले आफ्नो दायित्व निर्वाह गरिरहेका छौँ’ सीडिओ अर्यालले भने, ‘तर, यसबाट जोगिनका लागि आफु पनि सचेत हुनुपर्छ ।’ उनले गिरोहलाई निस्तेज पार्नका लागि घटनाको जरोसम्म पुगेर अनुसन्धान गर्नका लागि प्रहरीलाई निर्देशन दिए ।

    केआइएन ईण्डिया नेपाल कोर्डिनेटर इन्द्रराज भटट्राईले हाल मानव तस्करहरुले बचेबिखनको टे्रण्ड परिवर्तन गरेर युवतीहरुलाई विगत जस्तो कोठीमा नराखी यौन व्यवसायमा लगाउने गरेको र सरकारलाई पटक पटक नेपाली युवती रहेको कोठी स्थलबारे जानकारी गराउदाँ समेत केही नभएको गुनासो गरे ।

    प्रहरीका अनुसार रुपन्देहीका दुई युवती जिल्लाको कर्करहवा नाकाबाट भारतका पुगेका थिए । भारतीय सीमा सुरक्षा बलले उनीहरुलाई सीमापार गर्नबाट रोकेर सशस्त्र प्रहरीलाई बुझाएको थियो । सशस्त्रले ती युवतीहरुलाई नाकामा मानव बेचबिखन विरुद्ध कार्य गरिरहेको एक संस्थालाई जिम्मा लगाएको थियो । तर, उक्त संस्थाले लापरवाहीपूर्वक अभिभावकको जिम्मा लगाउनुपर्ने ती दुई जना युवतीहरुलाई भारत नै पठाएको प्रहरीको प्रराम्भिक अनुसन्धानमा खुलेको छ । घटनाको अनुसन्धान भइरहेकोले युवतीहरुलाई भारत नै पठाइदिने संस्था नाम खुलाइएको छैन ।

    मानवबेचबिखन नियन्त्रणका लागि पालिकाहरुले टोलस्तरसम्म सचेतना फैलाउनुपर्ने, विधालयका पाठ्यक्रमहरुमा अध्यापन गराउनुपर्ने, लगायत सरोकारवालाहरुले सुझाव राखेका थिए ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    उद्दार मानव बेचबिखन
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    ठगीका आरोपित ३५ दिनभित्र सम्पर्कमा आउनू: वैदेशिक रोजगार विभाग

    २०८३ कार्तिक ११, मंगलवार १३:०२ गते

    जग्गा कित्ताकाट खुलाउन व्यवसायीको माग, सहजीकरण गर्ने मन्त्रीको आश्वासन

    २०८३ कार्तिक ११, मंगलवार १२:३८ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्ति विवाद : संयोजक अकरम पक्राउ

    २०८३ कार्तिक ११, मंगलवार १२:०४ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.