


भैरहवा, ८ बैशाख । सशस्त्र प्रहरीले रुपन्देहीको सीमावर्ती क्षेत्र सिद्धार्थनगर नगरपालिका–१ नौडिहवा (भैरहवा) बाट लागुऔषध गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा रुपन्देहीबाट सशस्त्र प्रहरी नायब निरीक्षक भक्त बहादुर पाण्डेको कमाण्डमा खटिएको गस्ती टोलीले वेवारिसे अवस्थामा १५ किलो दुई सय ३० ग्राम गाँजा बरामद गरेको हो ।
र्याप गरिएको अवस्थामा १५ वटा पोकामा बरामद गाँजा भारतमा लैजाने योजना रहेको आंशका गरिएको छ । बरामद गाँजा आवश्यक कार्यवाहीका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण हेडक्वाटर रुपन्देहीका डिएसपी मोहन न्यौपानेले जानकारी दिए ।

केही दिन अघि पनि सशस्त्र प्रहरीको नं. २७ गण रुपन्देहीबाट खटिएको टोलीले कन्टेरमा लुकाएर भारत लैजान लागिएको अवस्थामा दुई क्विन्टल ७२ किलो बढी गाँजा बरामद गरेको थियो ।

