Close Menu
    What's Hot

    चाडपर्वमा प्लास्टिकका फूल-माला प्रयोग नगर्न सिद्धार्थनगरको आग्रह

    २०८३ कार्तिक १७, सोमबार १४:०७ गते

    सुनको मूल्य एकैदिन १३ हजार ३ सयले बढ्यो, चाँदी पनि महँगियो

    २०८३ कार्तिक २०, बिहीबार ११:४१ गते

    मनोज केसीलाई आईजीपी बनाउने सरकारको निर्णय

    २०८३ कार्तिक १९, बुधबार १६:४२ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    अर्थ

    सुनको मूल्य एकैदिन १३ हजार ३ सयले बढ्यो, चाँदी पनि महँगियो

    क्लिक लुम्बिनी२०८३ कार्तिक २०, बिहीबार ११:४१ गते0
    विशेष

    मनोज केसीलाई आईजीपी बनाउने सरकारको निर्णय

    क्लिक लुम्बिनी२०८३ कार्तिक १९, बुधबार १६:४२ गते0
    अर्थ

    भैरहवा भन्सारद्वारा ३३ अर्ब ३४ करोडबढी राजस्व संकलन

    क्लिक लुम्बिनी२०८३ कार्तिक १९, बुधबार १२:४७ गते0
    अर्थ

    राष्ट्र बैंकले भोलिदेखि सुनका असर्फी र चाँदीका सिक्का बेच्ने

    क्लिक लुम्बिनी२०८३ कार्तिक १९, बुधबार ११:४७ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » सिद्धार्थनगर मेयर कप सुरु: १, ३, ९ र ११ विजयी
    खेलकुद

    सिद्धार्थनगर मेयर कप सुरु: १, ३, ९ र ११ विजयी

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ बैशाख १४, शुक्रबार ११:२२ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, १४ बैशाख । सिद्धार्थनगर नगरपालिकाको कार्यालयद्धारा आयोजित नगर स्तरीय मेयर कप क्रिकेट कप प्रतियोगिता बिहिवार देखि सुरु भएको छ । सिद्धार्थ क्रिकेट रंगशालामा सुरु भएको प्रतियोगिताको नगर प्रमुख इश्तियाक अहमद खानले एम्पायरलाई बल दिएर प्रतियोगिताको उद्घाटन गरे ।

    सम्उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख खानले विगतमा अध्यापन छाडेर खेलकुदमा लागेमा भविष्य राम्रो नहुने अभिभावक बालबालिकालाई सुझाउने गरेपनि हाल विगतको अवस्था फेरिएर अध्यापनको साथै खेलकुदले पनि भविष्य उज्जवल बनाउने बताए । सिद्धार्थ रंगशालालाई स्मरण गर्दै उनले रंगशालाले धेरै खेलाडी जन्माएकोे र खेलाडीहरुका लागि यस रंगशालाको स्तरोन्नती तथा व्यवस्थापनका लागि आफुहरुले सकेको सहयोग गरेको र गर्दै जाने बताए ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    उनले नगरको विकासका लागि समेत सिद्धार्थ क्रिकेट रंगशालामा अन्तराष्ट्रिय खेल प्रतियोगताको आयोजना गराउनका लागि निर्माण कार्य छिटो सम्पन्न गर्न अपिल गरे । उनले नगरवासीमा लुकेका प्रतिभा प्रष्टफुटन गर्नका लागि प्रतियोगिता उत्तम प्लटेफर्म रहेकोले प्रतियोगिताको आयोजना गरिएको बताए ।

    सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले खेलाडीहरुले अनुशासनमा खेल खेल्न आग्रह गर्दै खेल र जीवन उस्तै उस्तै रहेकोले खेलको नियम पालना गरे जीवन सफल हुने बताए । उनले प्रतियोगिताको मध्यमले लुकेका प्रतिभा बाहिर आउने भएकोले कार्यक्रम आयोजना गरिएको बताए ।

    प्रतियोगिताका संयोजक एवं सिद्धार्थनगर नगरपालिकाका वडा नं. ६ का वडाअध्यक्ष विरेन्द्र श्रीवास्तवले अगामी वर्ष ‘डे–नाइट’ क्रिकेट प्रतियोगितका लागि सिद्धार्थनगर प्रिमिएम लिग गराउने प्रयास गर्ने बताए ।

    प्रिितयोगिताको पहिलो खेल सिद्धार्थनगर नगरपालिकाको वडा नं. १ र वडा नं. ४ बीच हुने तालिका अनुसार वडा नं. ४ निर्धारित समयभित्र मैदानमा नपुगेपछि वडा नं. १ विजयी घोषित भएको छ । त्यस्तै वडा नं. ३ र ७ बीच भएको दोस्रो खेलमा वडा नंं. ३ ले वडा नं. ७ लाई ६६ रनले पराजित गर्दै विजयी भएको छ ।

    यस्तै वडा नं. १० र ११ बीच भएको तेस्रो खेलमा वडा नं ११ ले वडा नं. १० लाई एक रनले पराजित गर्दै प्रतियोगिताको अगामी यात्रा तय गरेको प्रतियोगिताको संयोजक विरेन्द्र श्रीवास्तवले जानकारी दिए । त्यस्तै प्रतियोगिताको वडा नं. ९ र १३ बीच भएको चौथो खेलमा वडा नं. १३ लाई ३६ रनले पराजित गर्दै अगामीको खेलको लागि आफ्नो सिट सुरक्षित गर्न सफल भएको छ ।

    सिद्धार्थनगर नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा अधिकृत जानह्वी पाण्डेको संचालनमा सम्पन्न भएको सम्उद्धघाटन कार्यक्रममा प्रतियोगिता संचालन समितीका सदस्य एवं वडा नं. १३ का वडाअध्यक्ष सोमबहादुर गुरुङ, वडा नं. ३ का वडाअध्यक्ष नारायण प्रसाद उपाध्ययले शुभकामना मन्तव्य राखेका थिए । सम्उद्धाटन कार्यक्रममा नगरवासी, कार्यपालिका सदस्यहरु, कर्मचारी, खेलाडी, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

    तीन दिनसम्म संचालन हुने प्रतियोगितामा नगरका १३ वटै वडाका टिम सहभागी छन् । प्रतियोगिताको विजेताले कर सहित ६८ हजार रुपैयाँ, ट्रफी, मेडल, प्रमाण पत्र, दृतिय हुनेले कर सहित ३४ हजार रुपैयाँ, ट्रफी, मेडल, प्रमाण पत्र पुरस्कार पाउने आयोजकले जनाएको छ । यस्तै म्यान अफ दि सिरिजले ६ हजार ६ सय ६७ रुपैयाँ, उत्कृष्ट ब्याट्सम्यानले तीन हजार रुपैयाँ, उत्कृष्ट बलरले तीन हजार रुपैयाँ, म्यान अफ दि म्याचले एक हजार रुपैयाँ पुरस्कार पाउने प्रतियोगिता संचालन समितीका सदस्य एवं वडा नं. १३ का वडाअध्यक्ष सोमबहादुर गुरुङले जानकारी दिए ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    मेयर कप सिद्धार्थनगर नगरपालिका
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    सुनको मूल्य एकैदिन १३ हजार ३ सयले बढ्यो, चाँदी पनि महँगियो

    २०८३ कार्तिक २०, बिहीबार ११:४१ गते

    भैरहवा भन्सारद्वारा ३३ अर्ब ३४ करोडबढी राजस्व संकलन

    २०८३ कार्तिक १९, बुधबार १२:४७ गते

    राष्ट्र बैंकले भोलिदेखि सुनका असर्फी र चाँदीका सिक्का बेच्ने

    २०८३ कार्तिक १९, बुधबार ११:४७ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.