
भैरहवा, ४ जेठ । रुपन्देहीको ओमसतिया गाउँपालिकामा शुक्रबार देखि ३ दिने प्रथम उपाध्यक्ष कप अन्तर्गत महिला भलिबल प्रतियोगिता सुरु भएको छ । गाउँपालिकामा किशोरीहरुको खेलको माध्यमबाट क्षमता अभिवृद्धि गर्ने उद्देश्य सहित उपाध्यक्ष कप सुरु भएको हो ।

कार्यक्रमबारे जानकारी दिदै गाउँपालिका उपाध्यक्ष सुनिता चौधरीले बिद्यालय स्तरका किशोरीहरुको सहभागीतामा प्रतियोगिता आयोजना गरिएको बताईन् ।
Advertisement

Advertisement
Advertisement

उनले भलिबल खेलमा प्राय पुरुषको वर्चश्व रहेको ठानिएको स्थानमा महिलाहरु पनि यस खेलको माध्यमबाट अगाडी आउन सक्ने सन्देश दिन भलिबलको आयोजना गरिएको जानकारी दिईन ।
उनका अनुसार प्रतियोगितामा गाउँपालिका ६ वटै वडाबाट ६ टिम र गाउँपालिकाका महिला कर्मचारीहरुको एक टिम गरी ७ वटा टिमको सहभागीता रहेको छ । तीन दिन सम्म चल्ने प्रतियोगिताको प्रथम विजेताले नगद ५० हजार रुपैया सहित ट्रफि प्राप्त गर्नेछ भने दोश्रो हुनेले नगद ३० हजार रुपैया र ट्रफि प्राप्त गर्नेछन् ।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादव (सोनु), प्रमुख प्रशासकिय अधिकृत विपिन क्षेत्री, वडा नम्बर ५ का वडा अध्यक्ष एवम पालिकाका प्रवक्ता मदन पोखरेल, वडा नम्बर १ का वडा अध्यक्ष बेल बहादुर बराल, २ का शितल जिटी, ३ का प्रकाश सिंह, ४ का अखिलेश्वर पाण्डे, ६ का शिवकुमार धवल लगायत कार्यपालिका सदस्य, वडा सदस्य एवम कर्मचारीहरुको उपस्थिति रहको थियो ।
प्रतियोगिताको उद्घाटन खेलमा वडा नम्बर १ ले विजयी सुरुवात गरेको छ । वडा नम्बर २ लाई २–० को सोझो सेटले पराजित गर्दै वडा नम्बर १ अभिल्लो चरणमा प्रवेश गरेको छ ।

