Close Menu
    What's Hot

    मनोज केसीलाई आईजीपी बनाउने सरकारको निर्णय

    २०८३ कार्तिक १९, बुधबार १६:४२ गते

    भैरहवा भन्सारद्वारा ३३ अर्ब ३४ करोडबढी राजस्व संकलन

    २०८३ कार्तिक १९, बुधबार १२:४७ गते

    राष्ट्र बैंकले भोलिदेखि सुनका असर्फी र चाँदीका सिक्का बेच्ने

    २०८३ कार्तिक १९, बुधबार ११:४७ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    विशेष

    मनोज केसीलाई आईजीपी बनाउने सरकारको निर्णय

    क्लिक लुम्बिनी२०८३ कार्तिक १९, बुधबार १६:४२ गते0
    अर्थ

    भैरहवा भन्सारद्वारा ३३ अर्ब ३४ करोडबढी राजस्व संकलन

    क्लिक लुम्बिनी२०८३ कार्तिक १९, बुधबार १२:४७ गते0
    अर्थ

    राष्ट्र बैंकले भोलिदेखि सुनका असर्फी र चाँदीका सिक्का बेच्ने

    क्लिक लुम्बिनी२०८३ कार्तिक १९, बुधबार ११:४७ गते0
    विशेष

    रोटरी क्लबले मर्चवारमा तीन दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

    क्लिक लुम्बिनी२०८३ कार्तिक १८, मंगलवार २१:४० गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » सिद्धार्थनगरको ५ र १३ पूर्ण संस्थागत प्रसुती सेवायुक्त वडा घोषणा
    प्रमुख समाचार

    सिद्धार्थनगरको ५ र १३ पूर्ण संस्थागत प्रसुती सेवायुक्त वडा घोषणा

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ जेष्ठ १८, शुक्रबार १७:२२ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, १८ जेठ । सिद्धार्थनगर नगरपालिकाको वडा नम्बर ५ र १३ पूर्ण संस्थागत प्रसुती सेवायुक्त वडा घोषणा भएको छ । आवश्यक सबै मानकपूरा गरी दुवै वडा पूर्ण संस्थागत प्रसुती सेवायुक्त वडा घोषणा भएको हो ।

    शुक्रवार दुवै वडाद्धारा संयुक्त रुपमा आयोजित कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले वडा नम्बर ५ र १३ पूर्ण संस्थागत प्रसुती सेवायुक्त वडा घोषणा गरे ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी नगर प्रमुख खाँले वडावासी, कर्मचारी, स्वंयसेविका लगायत सबैको सहयोगले दुवै वडालाई एक साथमा घोषणा गर्न पाइएको बताए । उनले दुवै वडाका महिलाहरु गर्भवती भए देखि लिएर सुत्केरी हुदाँसम्म नियमित जाँच गराउने, अस्पतालमा सुत्केरी हुने लगायत सबै मानक पुरा गरेर आफ्नो वडालार्इं घोषणा गराउनमा महत्वपूर्ण भुमिका निर्वाह गरेकोमा धन्यवाद व्यक्त गरे । उनले नगरपालिकाले महिला सशक्तिकरण, रोजगारी लगायतको लागि अधिक कार्यहरु गरिरहेको र गर्दै जाने बताए ।

    समाजसेवी नारायणप्रसाद अग्रवालले दुवै वडा पूर्ण संस्थागत प्रसुती सेवायुक्त घोषणा भएकोमा ठुलो उपलब्धी भएको बताउँदै अन्य वडाहरु पनि छिट्टै घोषणा हुनेमा विश्वास व्यक्त गरे ।
    कार्यक्रमको अध्यक्ष एवं वडा नम्बर ५ का वडाअध्यक्ष पुरनप्रसाद श्रेष्ठले वडा कार्यालयले महिला लक्षित कार्यक्रम गरिरहेको र महिलाहरु लाभन्वित हुन आग्रह गरे । उनले रोजगारी सिर्जनाका लागि नगरपालिकाको साथै वडाले कार्यक्रमहरु ल्याइरहेको उल्लेख गर्दै कार्यक्रममा समावेश हुन आग्रह गरे ।

    वडा नम्बर १३ का वडाअध्यक्ष सोमबहादुर गुरुङले वडालाई पूर्ण संस्थागत प्रसुती सेवायुक्त वडा घोषणा गराउनका लागि सहयोग गर्ने सबै वडावासीलाई धन्यवाद व्यक्त गरे ।

    सोही अवसरमा वडा नम्बर ५ र १३ को आधारभुत स्वास्थ्य सेवा केन्द्रको इन्चार्ज प्रकृति खत्री र अनमी सीमा श्रेष्ठलाई प्रमाण पत्र सहित सम्मान गरिएको छ । यस्तै वडा नम्बर ५ का महिला स्वंयसेविका पूजा पाण्डे, राधिका तेली, माया तेली, लक्ष्मी माली र वडा नम्बर १३ का विष्णुमाया शाक्य, सरस्वतीराज भण्डारी, पुष्पा पुन, कविता शर्मा, पुनम शाक्य, विष्णुमाया थापालाई पनि प्रमाण पत्र सहित सम्मान गरिएको छ ।

    वडा नम्बर ५ को वडा सदस्य सरस्वती श्रेष्ठको संचालन, वडा नम्बर १३ को वडा सदस्य सीता बुढापृथिको स्वागतमा सम्पन्न भएको कार्यक्रममा नगरपालिकाका प्रशासन प्रमुख देवप्रसाद ज्ञवाली, स्वास्थ्य शाखा प्रमुख गीतादेवी न्यौपाने लगायतले मन्तव्य राखेका थिए ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    सिद्धार्थनगर नगरपालिका
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    भैरहवा भन्सारद्वारा ३३ अर्ब ३४ करोडबढी राजस्व संकलन

    २०८३ कार्तिक १९, बुधबार १२:४७ गते

    राष्ट्र बैंकले भोलिदेखि सुनका असर्फी र चाँदीका सिक्का बेच्ने

    २०८३ कार्तिक १९, बुधबार ११:४७ गते

    रोटरी क्लबले मर्चवारमा तीन दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

    २०८३ कार्तिक १८, मंगलवार २१:४० गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.