
भैरहवा, जेठ २२ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ को आयोजनामा आजदेखी एक महिने ब्युटीसियन तालिम सुरु भएको छ । वडा नम्बर ५ का वडाध्यक्ष पुरन प्रसाद श्रेष्ठको अध्यक्षता तथा नगरप्रमुख इश्तियाक अहमद खानको प्रमुख आतिथ्यतामा एक महिने ब्युटीसियन तालिमको उद्धघाटन गरिएको हो ।
तालिमको उदघाटन गर्दै नगरप्रमुख खानले महिलाहरुको आर्थिक शसक्तिकरणका लागि सिपमुलक तालिमले महत्वपुर्ण भुमिका खेल्ने बताए ।
Advertisement

Advertisement
Advertisement

उनले हरेक क्षेत्रमा महिलालाई सक्षम र सवल बनाउन सिद्धार्थनगर नगरपालिकाले बिभिन्न किसिमका सीपमुलक तालिमहरु प्रदान गर्दै आएको बताए । नगर प्रमुख खानले महिलाले कुनै न कुनै सीप सिकेर आत्मनिर्भर बन्नु पर्नेमा जोड दिदै उद्यमी बन्ने गरी सीप सिक्न तालिमका सहभागीहरुलाई आग्रह गरे।
कार्यक्रममा बोल्दै सिनपा वडा नम्बर ५ का वडाध्यक्ष पुरन प्रसाद श्रेष्ठले वडा नम्बर ५ मा महिला उद्यमीहरु उत्पादन गर्ने उद्देश्यले १ महिने ब्युटिसियन तालिमको आयोजना गरिएको बताए । उनले तालिम लिएका महिलाहरुले तालिमबाट प्राप्त सिपको उपयोग गरि आत्मनिर्भर उद्यमी बन्नुपर्नेमा जोड दिए । वडाअध्यक्ष श्रेष्ठले महिलालाई सक्षम र व्यवसायी बनाउनको लागि तालिम आयोजना गरिएको बताउदै यसले तालिममा सहभागी महिला दिदिबहिनीलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने बिश्वास ब्यक्त गरे । उनले वडा नम्बर ५ ले यस्तै बिभिन्न किसिमका तालिमहरु प्रदान गर्दै आएको बताउदै वडाबाट आउने तालिमहरुको फाइदा दिन आग्रह गरे ।
यस्तै गरी कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष सोमबहादुर गुरुंगले नगरपालिकाले हरेक वडामा महिलाहरुलाई बिभिन्न किसीमका तालिमहरु प्रदान गरी आत्मनिर्भर बनाउने लक्ष्यका साथ काम गर्दै आएको बताए । उनले सिनपा वडा नम्बर ५ ले महिलाहरुको क्षमता बृद्धि गरी जिबिकोपार्जन संग जोडनका लागी यस्ता किसिमका तालिमहरु प्रदान गर्दै आएको उल्लेख गरे । उनले महिलाहरु अब चुलो चौको मात्र सिमित नभइ आर्थिक क्षेत्रमा बलियो हुनुपर्ने बताउदै तालिममा सिकेका कुराहरु ब्यवहारमा उर्तान आग्रह गरे ।
यस्तै गरी चेम्बर अफ कर्मस रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले तालिममा सहभागी महिला दिदीबहिनीहरुलाई सीप सिकाएर रोजगारी संग जोडन आग्रह गरे । उनले तालिमबाट सिकेका सीपहरुलाई ब्यवसायिक रुपमा लैजान सके मात्र तालिम प्रभावकारी हुने बिश्वास ब्यक्त गरे ।
नगरपालिका वडा नम्बर ५ को वडासदस्य किरनदेवी सुनारको स्वागत मन्तब्य रहेको कार्यक्रमको संचालन महिला वडा सदस्य सरस्वती श्रेष्ठले गरेकी थिईन् भने तालिममा ३० जना महिलाहरुको सहभागिता रहेको छ ।

