


भैरहवा, २७ जेठ । रुपन्देहीको तिलोत्तमा उद्योग वाणिज्य संघको अध्यक्षमा ज्ञानेन्द्र कार्की सर्वसम्मत निर्वाचित भएका छन् । संघको दशौँ वार्षिक साधारणसभा तथा चौथो अधिवशेनले कार्कीको अध्यक्षमा नयाँ नेतृत्व चयन गरेको हो ।
संघको वरिष्ठ उपाध्यक्षमा सुरज पङ्गेनी, उद्योग उपाध्यक्षमा सूर्यप्रसाद न्यौपाने, वाणिज्य उपाध्यक्षमा विष्णुप्रसाद भण्डारी, महासचिवमा राजकुमार पाण्डेय, कोषाध्यक्षमा टिकाराम भण्डारी, सचिवमा विना न्यौपाने, सहसचिवमा कृष्णप्रसाद पाण्डेय, सहकोषाध्यक्षमा वसन्त रोकालाई चयन गरिएको प्रमुख निर्वाचन अधिकृत खिमानन्द भट्टराईले बताए । सदस्यहरूमा राधिकादेवी शर्मा, शेरबहादुर थापा, छोटेलाल यादव, रोमनाथ गैरे, गंगाराम पाण्डेय, नरेशबहादुर क्षेत्री, अन्जना केसी, कमल भुसाल, अर्जुन पराजुली, शालिकराम वोस्ती, अंकित भुसाल, गोविन्द रेग्मी निर्वाचित भएका छन्।

साधारण सभाको उद्घाटन गर्दे तिलोत्तमा नगरपालिका नगर प्रमुख रामकृष्ण खाँणले उद्योग समस्याहरू समाधान गर्नको लागि नगरपालिका सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । गुणनिधि भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य सङ्घका केन्द्रीय सदस्य उज्ज्वल कसजु, बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि प्रसाद अर्याल,घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीका प्रमुख भुमेश्वर ढकाल,नेपाल पत्रकार महासङ्घका अध्यक्ष रामराज पोखरेल लगायत बोलेका थिए।

