
भैरहवा, २८ जेठ। नेपालमा यस वर्षको मनसुन भित्रिएको छ । सरदर मितिभन्दा तीन दिन अघिनै यस वर्षको मनसुन प्रणाली कोशी प्रदेशको पूर्वी भूभागमा भित्रिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपालमा सरदर जुन १३ तारिखमा मनसुन भित्रिने र अक्टुबर २ तारिखमा बाहिरिने गर्दछ ।
तराईमा नियमित वर्षा नहुदाँ गर्मी अत्याधिक छ ।मनसुन भित्रिएपनि पश्चिम तराईमा अझै केही दिन गर्मी हुने सम्भावना रहेको बताईएको छ ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

नेपालको अन्य भूभागमा केही दिनमा क्रमिक रुपमा मनसुन हुने अनुमान गरिएको छ। आगामी मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

बढी वर्षा हुँदा बाढी पहिरोको जोखिम पनि बढी हुने भएकाले पूर्व सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

