
काठमाडौँ, ३१ जेठ । विशेष अदालतले लुम्बिनी विकास कोषका इन्जिनियर सरोज भट्टराईलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै अकुत सम्पत्ति आर्जनको मुद्दामा सजाय निर्धारण गरेको छ ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायण सिंह राई र रितन्द्र थापाको इजलासले भट्टराईलाई दोषी ठहर गर्दै ६ वर्ष कैद र ८० लाख जरिवाना सजाय निर्धारण गरेका हुन् । जेठ २४ मा दोषी ठहर भएका भट्टराईलाई विशेष अदालतले बिहिबार कसुर निर्धारण गरेको हो । अख्तियारले निर्माणकार्यमा ठेकेदारबाट घुस लिएको आरोपमा उनी विरुद्ध २५ चैत २०८० मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
Advertisement

Advertisement
Advertisement

विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार भट्टराईले पदीय दुरुपयोग गरी ठेकेदारबाट ८० लाख रुपैयाँ घुस लिएको र उक्त रकम जग्गामा लगानी गरेको अनुसन्धानमा पाइएको थियो ।

