
भैरहवा,३२ जेठ। रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर २ को कार्यालयले शाररिक रुपमा अशक्त (अपांग) भएका व्यक्तिहरुलई पंखा र झुल वितरण गरेको छ ।
प्रतिकुल मौसमका कारण शाररिक रुपमा अशक्त भएका व्यक्तिहरुलाई सहज जीवनयापनमा समस्या भएपछि वडाका ३७ जनाहरुलाई झुल र पंखा वितरण गरिएको हो । अत्याधिक गर्मीका कारण जनजीवन कष्टकर बनेको छ । अगामी तीन दिन पश्चिम तराईमा अत्याधिक गर्मी हुने भएकोले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुराध गरेको छ ।
Advertisement

Advertisement
Advertisement

उक्त सामग्री गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादव, उपाध्यक्ष सुनिता चौधरी र वडाअध्यक्ष सितल जिटीले हस्तान्तरण गरेका थिए । सामग्री हस्तान्तरण गर्दै अध्यक्ष यादवले शाररिक रुपमा अशक्त भएका ब्यक्तिलाई स्वरोजगार बनाउन र समाजमा स्थापित गराउन गाउँपालिकाले योजना बनाइरहेको बताए ।
उनले शाररिक रुपमा अशक्त भएका ब्यक्तिको अवस्था हेरेर त्यसैअनुसारको क्षमता अभिवृद्धि र प्रोत्साहनको अभियानलाई अघि बढाउने बताए । कार्यक्रममा उपाध्यक्ष चौधरीले शाररिक रुपमा अशक्त भएका बालबालिकाको शिक्षाका लागि गाउँपालिका काम गर्न तयार रहेको भन्दै यस क्षेत्रमा लागिरहेका संघसंस्थालाई समन्वयकारी भूमिका खेल्न आग्रह गरिन् ।
कार्यक्रममा वडाअध्यक्ष सितल जिटीले शाररिक रुपमा अशक्त भएका ब्यक्तिले अन्य नागरिक सरह नै बाच्न सक्ने अधिकार रहेको भन्दै उनीहरुको सहजताका लागि वडाले सामग्री उपलब्ध गराएको बताए । कार्यक्रममा वडासदस्य कलाधर लम्साल ,विक्रम यादव र राम जानकी मन्दिर व्यवस्थापन समिती उपाध्यक्ष फत्तुराम भण्डारी, श्रीधर जिसी, हर्ष बहादुर केसी लगायतको उपस्थिती रहेको थियो ।


