
भैरहवा, ५ असार । सिद्धार्थनगर नगरपालिकामा निःशुल्क आँखा परिक्षण गरिएको छ । नगरको वडा नम्बर १२ को आयोजनामा गरिएको शिविरमा १६५ जनाले आँखा परिक्षण गराएर लाभन्वित भएका छन् । नगरपालिकाको कार्यालय र लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टरबीच मोतिबिन्दुको शल्यक्रिया सम्बन्धित सम्झौता बमोजिम वडा नं. १२ को कार्यालयले मंगलबार डाँडागाउँमा वडावासीहरुका लागि निःशुल्क आँखा जाँच शिविरको आयोजना गरेको थियो ।
‘आँखा परिक्षण गराएका १६५ जना मध्ये ११ जनामा मोतिबिन्दु देखिएको छ’, सिद्धार्थनगर नगरपालिका वडा नं.१२ का वडाअध्यक्ष कुमार गुरुङले भने, ‘मोतिबिन्दु देखिएका सबैको लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टरमा निःशुल्क शल्यक्रिया हुनेछ ।’ उनले नगरपालिकाको साथै वडा कार्यालयले स्थानीयवासीहरुको स्वास्थ्य तर्फ सचेत रहेको र आवश्यक सबै कार्यहरु गरिरहेको र गर्दै जाने बताए ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

बढ्दो उमेर, आँखा स्वास्थ्यको बारेमा कम ज्ञान हुनु, उपचारका लागि आर्थिक अभाव, धुलो र धुवाँसँगै बिताउने जीवनशैली लगायतका कारण आँखामा समस्या आउने गरेको छ । मोतिबिन्दुका विरामीका लागि सिद्धार्थनगर नगरपालिकाको कार्यालयले मोतिबिन्दुका विरामीहरु (नगरवासी) का लागि निःशुल्क शल्यक्रियाको व्यवस्थापन गरेको छ ।


