


गुल्मी, १५ असार। गुल्मीमा पहिरोले घर पुरिँदा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । शुक्रवा राति भएको वर्षाका कारण मालिका गाउँपालिका–६ अर्जेको कँडेलपाटा स्थित घर पहिरोले पुरिँदा एकै परिवारका पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
प्रहरीका अनुसार ५६ वर्षीय भेषबहादुर विक, उनकी श्रीमती ४७ वर्षीया सुन्तली विक, बुहारी ३० वर्षीया सीता बिक, नातिनीहरु ७ वर्षीया सपना विक र २ वर्षीया विपना बिकको घटनास्थलमै मृत्यु भएको हो ।

कमेन्ट गर्नुस्

