


भैरहवा, १८ असार । भैरहवा बहमुखी क्याम्पसमा मनोमानी ढंगले कार्यहरु भईरहेको भन्दै नेपाल विधार्थी संघ र अखिल क्रान्तिकारी क्याम्पस ईकाइले २४ घण्टाको अल्टिमेटम दिदै क्याम्पस प्रमुखलाई मागपत्र बुझाएको छ ।
क्याम्पसमा भईरहेको विभिन्न गतिविधिहरुमा आफ्नो संगठनको ध्यानाकर्षण भएको उल्लेख गर्दै नेपाल विधार्थी संघ सभापति नवराज अर्याल, उमर बादशाह खान र अखिल क्रान्तिकारीका अध्यक्ष मनिष ढकालले मगलबार संयुक्त रुपमा २४ घण्टाको अल्टिमेटम दिदै सात बुँदे माग सहित क्याम्पस प्रमुख अनिल कुमार झालाई पत्र बुझाएका छन् ।

दुवै संगठनले हालसम्म स्ववियूको सम्पूर्ण हिसाब सबै संगठन समक्ष पेश गर्न देखि लिएर बिबिएस चोथौ वर्षलाई भ्रमण वर्ष भनि छुट्टाईएको विवादित बजेट के आधारमा तोक लगाएर बजेट निकासा गरिएको सम्म क्याम्पस प्रशासनसँग जवाफ माग गरेका छन् ।
‘…स्ववियू निर्वाचन पश्चात यस क्याम्पसद्वारा कुनै पनि बैठक, कार्यक्रममा खबर नगरी आफ्नो एक्लो मनोमानी गरेर हाम्रो संगठनलाई कुनै खबर नगरी पटक पटक विभिन्न योजना/निर्माणकार्य जस्ता खर्चिलो कामहरु गरेर सम्पूर्ण संगठनहरुको आँखामा छारो हाल्ने काम भईरहेको हुदाँ हाम्रो दुवै संगठनले घोर आपत्ति जनाउँदछौँ’ मागपत्रमा उल्लेख छ ।
हेर्नुहोस् पत्र :



