
भैरहवा, २२ असार । देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबान लगायत कारण आठ जनाको मृत्यु भएको छ । साथै, ६ जना बेपत्ता र सात जना घाईते भएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
नेपाल प्रहरीका प्रवक्ता डिआईजी दान बहादुर कार्कीका अनुसार स्याङ्जामा तीन, पर्वतमा दुई, काठमाडौँमा एक र काभ्रेमा खोलाले बगाएर दुई जनाको मृत्यु भएको छ । त्यस्तै दाङमा दुई, तनहुँमा तीन, दोलखामा एक गरी ६ जना बेपत्ता र तनहुँ, गुल्मी, ओखलढुङ्गामा सात जना घाइते उनले जनाए ।
Advertisement

Advertisement
Advertisement

नेपाल प्रहरीले राति सार्वजनिक गरेको विवरण अनुसार पहिरो र वर्षाले २२ वटा सडकखण्ड पूर्ण रुपले अवरुद्ध भएको छ । देशभर भईरहेको वर्षाका कारण नदीमा पानीको सतह बढ्दै गएकोले सतर्कता अपनाउन बाढी पूर्वानुमान शाखाले अनुरोध गरेको छ ।

