
भैरहवा, २५ असार । नेपाल टेलिकमको ब्यालेन्स रिचार्ज र प्याकेज खरिदका सेवाहरु मंगलबार राति प्रभावित हुने भएको छ । नेपाल टेलिकमले मंगलबार राति ११ बजे देखि बिहान ६ बजेसम्म बिलिङ्ग प्रणाली स्तरोन्नती परिक्षण कार्य गर्ने भएकोले उक्त अवधीमा ब्यालेन्स रिचार्ज र प्याकेज खरिदका सेवाहरु केही समयका लागि प्रभावित हुने सक्ने जनाएको छ ।
साथै, टेलिमकले सेवा प्रभावित हुन सक्ने हुदाँ उक्त समयभन्दा अघि नै ब्यालेन्स रिचार्ज तथा प्याकेज खरिद गर्न आग्रह गरेको छ । यी सेवाहरु प्रभावित हुने भएपनि उक्त समयमा मोबाइल भ्वाइस, डाटा, एसएमएस तथा एफटिटिएच भ्वाइस, आईपिटिभी लगायतका सेवाहरु संचालनमा रहने नेपाल टेलिकमले सूचना जारी गरी जनाएको छ ।
Advertisement

Advertisement
Advertisement

हेर्नुहोस् सूचना :


