
चितवन, २८ असार । चितवनको भरतपुर महानगरपालिका–२९ सिमलताल (नारायणगढ–मुग्लिन सडकखण्ड) स्थित पहिरो खस्दा दुई वटा यात्रुवाहक बस त्रिशूली नदीमा खसेको छ ।
शुक्रवार एकाबिहानै खसेको पहिरोले विरगंजबाट काठमाडौं जाँदै गरेको २४ जना यात्रु सवार बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको ४१ जना यात्रु सवार गणपति डिलक्सको बस नदीमा खसेको प्रहरीले जनाएको छ ।
Advertisement

Advertisement
Advertisement

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पानी परिरहेकाले उद्धारमा कठिनाइ भइरहेको बताए। त्रिशूलीमा जलसतह उच्च भएकाले खोजीमा समस्या भएको जनाइएको छ। नेपाली सेना र सशस्त्र प्रहरी बलको गोताखोर टोलीले खोजीकार्य थालेका छन्। हालसम्म बस फेला पर्न नसकेको प्रजिअ यादवले जानकारी दिए।

