


काठमाण्डौँ, २८ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेस गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) बमोजिम सरकार गठनका लागि आह्वान गरेपछि काँग्रेसको समर्थनमा ओलीले प्रधानमन्त्रीमा दाबी पेस गरेका हुन् ।
शुक्रवार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रतिनिधि सभामा विश्वासको मतका लागि राखेको प्रस्ताव बहुमतले अस्विकृत भएपछि राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (२) अनुसार प्रतिनिधि सभाको दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि असार ३० गते अपरान्ह ५ बजेभित्र दाबी पेस गर्न दलहरूलाई आह्वान गरेका थिए ।

शुक्रवार नै ओलीले काँग्रेस सभापति शेरबहादुर देउवाका साथमा राष्ट्रपति कार्यालय शीतल निवास पुगेर काँग्रेसका ८८ र एमालेका ७८ गरी १६६ सांसदको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गरेका छन् ।


