
काठमाण्डौँ, ३० असार । नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद (केपी) शर्मा ओली चौथो पटक नेपालका प्रधानमन्त्री नियुक्त भएका छन् । सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा दुई दिनअघि नै बहुमत दाबीसहितको दस्तखत बुझाएका ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार प्रतिनिधिसभा सदस्य ओलीलाई आईतबार साँझ प्रधानमन्त्री नियुक्त गरेका हुन् ।
प्रधानमन्त्रीमा दाबी पेश गर्ने समय सकिएपछि आइतबार अपरान्ह ५ बजेपछि राष्ट्रपति पौडेलले ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । प्रधानमन्त्री ओलीले सोमबार बिहान ११ बजे पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
Advertisement

Advertisement
Advertisement



