


काठमाण्डौँ ३१ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । ओली नेतृत्व सरकारको मन्त्रिपरिषद् २२ सदस्यीय रहेको छ ।
ओलीले गठन गरेको मन्त्रिपरिषद्मा नेपाली काँग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी गरी चार दल सहभागी छन् । यीमध्ये काँग्रेसबाट दश जना, एमालेबाट आठ जना, जसपा नेपालबाट दुई र लोसपाबाट एक जना मन्त्री सरकारमा गएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा दुई उपप्रधानमन्त्रीसहित २१ मन्त्रीले शपथ लिएका छन् ।

हेर्नुहोस् ओली क्याबिनेटमा कुन दलबाट कसलाई कुन मन्त्रालय ?
नेपाली काँग्रेस
१. प्रकाशमान सिंह– उपप्रधानमन्त्री, शहरी विकास मन्त्रालय
२. रमेश लेखक– गृह मन्त्रालय
३. आरजु राणा– परराष्ट्र मन्त्रालय
४. तेजुलाल चौधरी– युवा तथा खेलकुद मन्त्रालय
५. अजयकुमार चौरसिया– कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय
६. दीपक खड्का– ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
७. ऐनबहादुर शाही– वन तथा वातावरण मन्त्रालय
८. प्रदीप पौडेल– स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
९. बद्रीप्रसाद पाण्डे– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
१०. रामनाथ अधिकारी– कृषि तथा पशुपन्छी मन्त्रालय
नेकपा एमाले
१. विष्णु पौडेल– उपप्रधानमन्त्री, अर्थ मन्त्रालय
२. पृथ्वीसुब्बा गुरुङ– सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
३.राजकुमार गुप्ता– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
४. विद्या भट्टराई– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
५. देवेन्द्र दाहाल– भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
६. बलराम अधिकारी– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय
७. दामोदार भण्डारी– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
८. मानवीर राई– रक्षा मन्त्रालय
जनता समाजवादी पार्टी (जसपा), नेपाल
१. प्रदीप यादव– खानेपानी मन्त्रालय
२. नवलकिशोर साह सुडी– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)
१. शरतसिंह भण्डारी– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

