
काठमाडौं, ५ साउन ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । शनिवार बसेको निर्देशक समितिको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।
केपी ओली नेतृत्वको सरकारलाई प्रारम्भिक रुपमा सकारात्मक हिसाबले लिइएपनि सम्पूर्ण गतिविधिको विश्लेषण गरेर विश्वासको मत नदिने निर्णय भएको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । प्रधानमन्त्री ओलीले भोलि आइतबार प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यसूची छ ।
Advertisement

Advertisement
Advertisement

कमेन्ट गर्नुस्

