
काठमाडौं, १५ साउन । नेपालमा मोबाइल नेटवर्क सेवाप्रदायक कम्पनी एनसेलले ‘सधैं अन’ प्रतिको प्रतिबद्धता अनुसार आफ्नो ‘बिज सधैं अन’का ग्राहकहरूलाई उच्च गुणस्तरको कन्टेन्टहरू प्रदान गर्ने उद्देश्यसहित लायन्स्गेट प्लेसँग सहकार्य गरेको छ । लायन्स्गेट प्ले लायन्स्गेट इण्डिया र स्टार्जबाट पाइने एक प्रिमियम स्ट्रिमिङ सेवा हो । उक्त प्लेटफर्म दर्शकहरूलाई बाँधी राख्ने खालका फ्रेन्चाइजी, प्रिमियर कन्टेन्टहरूको ठूलो लाइब्रेरी रहेको हो।
बिज सधैं अनको सदस्यताका ग्राहकहरूलाई बन्डल सेवाका रुपमा विशेष सामग्रीहरूमा पहुँच दिएर उनीहरुको अनुभव अभिवृद्धि र ग्राहक संलग्नता तथा सन्तुष्टि बढाउने उद्देश्यले लायन्स्गेट प्लेसँग सहकार्य गरिएको एनसेलले जनाएको छ । एनसेलका अनुसार ‘बिज सधैं अन’को सुरुवात पश्चात यस प्लेटफर्ममा पहुँच लिइसकेका ग्राहकहरूको प्रतिक्रिया उत्साहजनक रहेको छ । ‘लायन्स्गेट प्ले हाम्रा ‘बिज सधैं अन’का ग्राहकहरूका लागि एकदमै विशेष अफर हो । एक प्रकारले यो एक विशेष टिकट नै हो जसले ग्राहकहरूलाई विश्वको अग्रणी पब्लिकल्ली ट्रेडेड कन्टेन्ट कम्पनीहरूमध्येको एक लायन्स्गेटको बृहत् संग्रहमा पहुँच दिन्छ’, एनसेलका हेड अफ बिजनेश सोलुसन्स् रञ्जन शर्माले भने, ‘स्ट्रिमिङ पार्टनरका रुपमा लायन्स्गेटसँग सहकार्य सुरु भएपछि हालसम्म हामीले हाम्रा बिज सधैं अनका ग्राहकहरुबाट यस प्लेटफर्मका बारेमा धेरै नै सकारात्मक प्रतिक्रिया प्राप्त गरेका छौं ।’
Advertisement

Advertisement
Advertisement

लायन्स्गेट प्लेले विभिन्न विधाहरूमा थुप्रै प्रकारका स्वाद र प्राथमिकताका सामग्रीहरूमा पहुँच प्रदान गर्दछ । यसमा हलिउडका हिट फिल्महरूदेखि लिएर, टिभी सो, लायन्स्गेट व्यानरमा बनेका ओरिजिनल कन्टेन्ट, वृत्तचित्र,बालबालिका र पारिवारिक सामाग्री तथा विश्वका दर्शकहरुले मन पराउने अन्तरराष्ट्रिय चलचित्रहरू रहेका छन् । ‘विश्वस्तरिय स्ट्रिमिङको अनुभव प्रदान गर्दै एनसेलसँगको सहकार्यमा नेपालमा लायन्स्गेट प्ले ल्याउन पाउँदा हामी हर्षित छौं’, लायन्स्गेट प्ले एसियाका अध्यक्ष रोहित जैनले भने, ‘समीक्षकहरूले प्रशंसा गरेका विभिन्न चलचित्र र शृङ्खलाहरू सहित हाम्रो सामग्रीहरुको बृहत् संग्रह देशभरका मनोरञ्जन प्रेमीहरूका लागि मुख्य गन्तव्य बन्ने विषयमा हामी विश्वस्त छौं ।’

