Close Menu
    What's Hot

    आनी छोइङ डोल्मा नियुक्ति विवादमा : लुम्बिनीपछि काठमाडौंमा पनि प्रदर्शन

    २०८३ कार्तिक १०, सोमबार १५:०८ गते

    शुक्रबार र शनिबार विशेष सावधानी अपनाउनू : मौसम विभाग

    २०८३ कार्तिक १०, सोमबार १४:२५ गते

    आठ सहरमा क्रिकेट रंगशाला बनाउने प्रक्रिया अघि बढ्यो : मन्त्री लम्साल

    २०८३ कार्तिक १०, सोमबार १४:०६ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    विशेष

    आनी छोइङ डोल्मा नियुक्ति विवादमा : लुम्बिनीपछि काठमाडौंमा पनि प्रदर्शन

    क्लिक लुम्बिनी२०८३ कार्तिक १०, सोमबार १५:०८ गते0
    विशेष

    शुक्रबार र शनिबार विशेष सावधानी अपनाउनू : मौसम विभाग

    क्लिक लुम्बिनी२०८३ कार्तिक १०, सोमबार १४:२५ गते0
    खेलकुद

    आठ सहरमा क्रिकेट रंगशाला बनाउने प्रक्रिया अघि बढ्यो : मन्त्री लम्साल

    क्लिक लुम्बिनी२०८३ कार्तिक १०, सोमबार १४:०६ गते0
    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » भैरहवा भन्सारद्धारा १६२ बोरा चिनीसहित ट्रक नियन्त्रणमा
    अर्थ

    भैरहवा भन्सारद्धारा १६२ बोरा चिनीसहित ट्रक नियन्त्रणमा

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ श्रावण १८, शुक्रबार १५:२२ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, १८ साउन । भैरहवा भन्सार कार्यालयले भन्सार छलेर भित्राइएको आंशकामा ठुलो परिमाणमा चिनी बरामद गरेको छ । साथै, चिनी लोड गरिएको एउटा ट्रक समेत नियन्त्रणमा लिएको जनाएको छ । शुक्रवार सिद्धार्थनगर नगरपालिका–४ बाट लु २ ख २८८२ नम्बरको ट्रकमा करिब ५ लाख मूल्य बराबरको १ सय ६२ बोरा चिनी लोड गरी लैजान लागेको अवस्थामा चिनी सहित ट्रक नियन्त्रणमा लिइएको भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतमले जानकारी दिए ।

    एउटा बोरामा ५० किलो चिनी रहेकोले बरामद चिनी आठ हजार एक सय किलो छ । कार्यालयको टोली पुगे लग्त्तै ट्रक चालक साँचो सहित फरार भएको उनले बताए ।तस्करहरुले दैनिक थोरै परिमाणमा भन्सार छलेर भैरहवा बजारमा चिनी ल्याएर डम्प गर्ने र परिमाण धेरै भएपछि ट्रक मार्फत मुलुकको विभिन्न स्थानमा पठाउने गर्ने गर्दछन् । जस अनुसार कार्य गरिरहेको आशंकामा भन्सारले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएको उक्त ट्रकमा महोत्तरी जिल्लाको एक सुगरमिलको नाम लिखित एक सय खाली बोरा, तौल मेसिन समेत बरामद भएको प्रमुख गौतमले बताए ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    ‘भन्सार छलेर भित्राइएको चिनी ठुलो परिमाणमा अन्यत्र लगिदैछ भन्ने हामीलाई सूचना प्राप्त भएको थियो’ भन्सार प्रमुख गौतमले भने,‘जसअनुसार हामी सम्बन्धित स्थानमा पुग्दा भन्सार प्रज्ञापन पत्र/बिल बिजक केही नभएको अवस्थामा चिनी र ट्रक नियन्त्रणमा लिएका हौँ ।’ उनले ट्रक र चिनीको दावी गर्न आउने फर्म/व्यक्तिसगँ आवश्यक कागजत लिएर जाँचबुझ गर्ने र कानुन बमोजिम नपाइए कारवाही प्रक्रिया अगाडी बढाइने बताए । पछिल्लो समय भन्सार छली विरुद्ध भैरहवा भन्सार कार्यालय आक्रमक रुपमा उत्रिएको छ । कार्यालयले भन्सार छलेर ठूलो परिमाणमा भित्राइएको विभिन्न साम्रगीहरु धमाधम गाडीसहित नियन्त्रणमा लिएर कारवाही अभियान चलाएको छ ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    चिनी तस्करी भन्सार छली भैरहवा भन्सार
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    आनी छोइङ डोल्मा नियुक्ति विवादमा : लुम्बिनीपछि काठमाडौंमा पनि प्रदर्शन

    २०८३ कार्तिक १०, सोमबार १५:०८ गते

    शुक्रबार र शनिबार विशेष सावधानी अपनाउनू : मौसम विभाग

    २०८३ कार्तिक १०, सोमबार १४:२५ गते

    आठ सहरमा क्रिकेट रंगशाला बनाउने प्रक्रिया अघि बढ्यो : मन्त्री लम्साल

    २०८३ कार्तिक १०, सोमबार १४:०६ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.