Close Menu
    What's Hot

    आनी छोइङ डोल्मा नियुक्ति विवादमा : लुम्बिनीपछि काठमाडौंमा पनि प्रदर्शन

    २०८३ कार्तिक १०, सोमबार १५:०८ गते

    शुक्रबार र शनिबार विशेष सावधानी अपनाउनू : मौसम विभाग

    २०८३ कार्तिक १०, सोमबार १४:२५ गते

    आठ सहरमा क्रिकेट रंगशाला बनाउने प्रक्रिया अघि बढ्यो : मन्त्री लम्साल

    २०८३ कार्तिक १०, सोमबार १४:०६ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    विशेष

    आनी छोइङ डोल्मा नियुक्ति विवादमा : लुम्बिनीपछि काठमाडौंमा पनि प्रदर्शन

    क्लिक लुम्बिनी२०८३ कार्तिक १०, सोमबार १५:०८ गते0
    विशेष

    शुक्रबार र शनिबार विशेष सावधानी अपनाउनू : मौसम विभाग

    क्लिक लुम्बिनी२०८३ कार्तिक १०, सोमबार १४:२५ गते0
    खेलकुद

    आठ सहरमा क्रिकेट रंगशाला बनाउने प्रक्रिया अघि बढ्यो : मन्त्री लम्साल

    क्लिक लुम्बिनी२०८३ कार्तिक १०, सोमबार १४:०६ गते0
    राजनीति

    भारत पुगेर अर्थमन्त्रीले भने–उतारचढाव आए पनि भारतसँगको सम्बन्ध घनिष्ठ छ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ७, शुक्रबार १८:४८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » देशभरमा सर्वोत्कृष्ट भयो रुपन्देही प्रशासन, ल्यायो ९८ अंक
    फोकस लुम्बिनी

    देशभरमा सर्वोत्कृष्ट भयो रुपन्देही प्रशासन, ल्यायो ९८ अंक

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ श्रावण २३, बुधबार ११:४५ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, २३ साउन । जिल्ला प्रशासन कार्यालय रुपन्देही देशभरमा सर्वोत्कृष्ट भएको छ । गृह मन्त्रालयसगँ भएको कार्यसम्पादन सम्झौता अनुसार देशभरका ७६ जिल्ला प्रशासन कार्यालयलाई उन्छिदै रुपन्देही पहिलो भएको हो ।

    गत आर्थिक वर्ष २०८०/०८१ को साउन पहिलो हप्तामा गृह सचिव र प्रमुख जिल्ला अधिकारीहरुबीच भएको कार्यसम्पादन सम्झौता भएको थियो । जसअनुसार जिल्ला प्रशासन कार्यालय रुपन्देहीले उक्त आर्थिक वर्षमा सेवा प्रवाहमा सहजता, जिल्लामा शान्ति-सुरक्षा कायम लगायत उत्कृष्ट कार्य गरेको थियो । कार्यसम्पादन सम्झौता अनुसार भएको मुल्याङनमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीले उत्कृष्ट कार्यसम्पादन गर्दै देशभरमा पहिलो बनेको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले जानकारी दिए । कार्यसम्पादन सम्झौता मूल्याङ्कनमा ७७ जिल्लामध्ये जिल्ला प्रशासन कार्यालय रुपन्देहीले ९८ अंक प्राप्त गरेको छ ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    ९८ अंक प्राप्त गरी देशभरमा पहिलो हुने जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल हुन् । उनले जिल्लाको नेतृत्व सम्हालेलग्त्तै केही व्यक्तिहरुले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको जग्गाको लालपूर्जा तयार गरी मुआब्जा लिने थालेको प्रयासलाई विफल बनाएर सरकारको नाममा ल्याएर चर्चामा आएका थिए । त्यस्तै उनले जिल्लाको अन्य स्थानहरुमा पनि विभिन्न व्यक्तिहरुले अतिक्रमण गरेको सार्वजनिक जग्गाहरुबाट अतिक्रमण हटाए ।

    उनले जिल्ला प्रशासन कार्यालयमा अडियो नोटिस बोर्ड लागू, सीमा क्षेत्रको सुरक्षा व्यवस्थापन प्रणालीलाई आधुनिकीकरण, भारतीय पर्यटकहरूलाई सहजीकरण गर्न सीमा क्षेत्रमा एकीकृत चेकजाँच बिन्दु सञ्चालन तथा साउदी अरबको जेलमा रहेका नेपाली नागरिकलाई हुन सक्ने मृत्युदण्ड सजाएबाट जोगाउनका लागि ब्लड मनी जुटाउनसम्म कार्य गरेर नागरिकको मन जित्दै जिल्लालाई पहिलो बनाउन सफल भएका छन् । प्रमुख जिल्ला अधिकारी अर्यालले नेतृत्व गरेको रुपन्देही जिल्लामा देशभरमै प्रथम भएपछि जिल्लावासीमा उत्साह छाएको छ ।

    त्यस्तै ९७.५ अंक ल्याएर पाल्पा जिल्ला प्रशासन कार्यालय दोस्रो, ९७.६२५ अंक प्राप्त गरी बागलुङ जिल्ला प्रशासन कार्यालय तेस्रो आएको छ । यस्तै चौथोमा पश्चिम रुकुम ९७.५ अंक , पाँचौँ स्थानमा ९७.३७५ अंकसहित मकावनपुर र पर्वत, छैठौँमा गुल्मी ९७ अंक, सातौँमा तेह्रथुमले ९६.८७५, आठौँमा रोल्पाले ९६.७५, नवौँमा सोलुखुम्बु ९६.५६२५ अंक र ९६.४३७५ अंक ल्याएर १० औँ नम्बरभित्र जिल्ला प्रशासन कार्यालय डडेलधुरा पर्न सफल भएको छ ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    गृह मन्त्रालय जिल्ला प्रशासन कार्यालय रुपन्देही
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    आनी छोइङ डोल्मा नियुक्ति विवादमा : लुम्बिनीपछि काठमाडौंमा पनि प्रदर्शन

    २०८३ कार्तिक १०, सोमबार १५:०८ गते

    शुक्रबार र शनिबार विशेष सावधानी अपनाउनू : मौसम विभाग

    २०८३ कार्तिक १०, सोमबार १४:२५ गते

    आठ सहरमा क्रिकेट रंगशाला बनाउने प्रक्रिया अघि बढ्यो : मन्त्री लम्साल

    २०८३ कार्तिक १०, सोमबार १४:०६ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.