
काठमाडौं, २३ साउन । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे सात किलो लागुऔषध कोकिनसहित एकजना विदेशी नागरिक पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा ल्याटिभियन नागरिक ५१ वर्षीय इभार्स भाल्टर्स रहेका छन् ।
प्रहरीका अनुसार पक्राउ परेका भाल्टर्स दोहाबाट कतार एयरवेज मार्फत मंगलबार राति नेपाल आएका थिए । भाल्टर्सका साथमा रहेको ह्याण्डब्यागभित्र राखिएको सिरानीमा शंका लागेपछि चेकजाँच गर्दा पहेँलो रंगको चकलेट आकारभित्र ७ केजी ६६५ ग्राम कोकिन पाउडर बरामद भएको हो । थप अनुसन्धानका लागि विमानस्थलबाट उनलाई लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वर लगिएको छ।
Advertisement

Advertisement
Advertisement


