


काठमाडौं, २३ साउन । नुवाकोटको शिवपुरी गाउँपालिका ७ ७ सूर्यचौरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । बुधवार एयर डाइनेस्टीको नाइएन एजेडी कलसाइन भएको हेलिकोप्टर काठमाडौंबाट रसुवा स्याफ्रुवेशीका लागि उडान भरेको तीन मिनेटमा नै टावरसँग सम्पर्कविच्छेद भएको थियो ।
हेलिकप्टर दुर्घटना भएलग्त्तै आगलागी भएको देखिएको छ । नेपाल प्रहरीले दुर्घटनास्थलको सार्वजनिक गरेको तस्वीर अनुसार हेलिकप्टर टुक्राटुक्रा भएको छ । बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी विष्णुकुमार केसीका अनुसार हेलिकोप्टरको क्याप्टेनसहित सवार ५ जनाको मृत्यु भएको छ ।

उनका अनुसार हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाउनेमा पाइलट अरुण मल्ल, ३८ वर्षीय जुताओ ताङ, ३६ वर्षीय जी ली, ४१ वर्षीय जेमिङ सी र ३१ वर्षीया वु यीयाओ रहेका छन्। पाइलेट बाहेक अन्य चार जना चिनियाँ नागरिक हुन् ।
हेर्नुहोस् तस्वीरहरु :






