
काठमाडौँ, २४ साउन । नेपाली सेनाका वरिष्ठ रथी अशोकराज सिग्देलले कायममुकायम (कामु) प्रधान सेनापतिको जिम्मेवारी पाएका छन् । गत साउन १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले सिग्देललाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको थियो । जसअनुसार प्रधान सेनापति प्रभुराम शर्माले बिहिवार सिग्देललाई कार्यभार बुझबुझारथ गरेको बुझिएको छ ।
प्रधान सेनापति प्रभुराम शर्माले शुक्रबारबाट बिदामा बस्दै छन् । तीन वर्षको कार्यकाल भदौ २४ मा पूरा हुनुभन्दा १ महिनाअघि उनी बिदामा बस्न लागेका हुन् । सैनिक सेवा नियमावली-२०६९ को दफा ९८ मा भएको व्यवस्थाबमोजिम प्रधानसेनापति पदावधि सकिनुभन्दा एक महिनाअघिबाट बिदामा बस्ने र कायममुकायम प्रधान सेनापतिलाई कमान्ड बुझबुझारथ गर्ने प्रचलन रहेको छ ।
Advertisement

Advertisement
Advertisement


