Close Menu
    What's Hot

    कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    २०८३ कार्तिक १२, बुधबार १३:०७ गते

    थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण

    २०८३ कार्तिक १२, बुधबार १२:५७ गते

    लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खाँ रिहा

    २०८३ कार्तिक ११, मंगलवार १७:०२ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    प्रमुख समाचार

    कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    क्लिक लुम्बिनी२०८३ कार्तिक १२, बुधबार १३:०७ गते0
    प्रमुख समाचार

    थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण

    क्लिक लुम्बिनी२०८३ कार्तिक १२, बुधबार १२:५७ गते0
    समाचार

    सहायक रथी खत्री उपरथीमा बढुवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक १२, बुधबार १२:३० गते0
    फोकस लुम्बिनी

    चक्रवातबाट लुम्बिनीका कुन–कुन जिल्ला बढी प्रभावित हुने पूर्वानुमान ?

    क्लिक लुम्बिनी२०८३ कार्तिक १२, बुधबार १२:२४ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » रोट्रयाक्ट भैरहवा चौतारीको अध्यक्षमा पौडेल
    फोकस लुम्बिनी

    रोट्रयाक्ट भैरहवा चौतारीको अध्यक्षमा पौडेल

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८१ श्रावण २७, आईतवार १८:१८ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, २७ साउन । रोट्रयाक्ट क्लब अफ भैरहवा चौतारीको अध्यक्ष आकाश पौडेल निर्वाचित भएका छन् । भैरहवामा सम्पन्न क्लबको तेस्रो अधिवेशनले पौडेलको अध्यक्षतामा वर्ष २०२४–२०२५ का लागि नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।

    पौडेल लामो समयदेखि विभिन्न समाजिक क्षेत्रमा क्रियाशील छन् । उनले विभिन्न संघसंस्थामा रहेर नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छन् । जसले गर्दा उनलाई रोट्रयाक्ट क्लबको पनि नेतृत्व गर्ने अवसर मिलेको हो । निर्वाचन समितिका अनुसार क्लबको उपाध्यक्षहरुमा अर्जुन प्रधान, रेश्मीराज पंगेनी, आशिष पन्थी, सचिवमा निर्वीक ढुंगाना, कोषाध्यक्षमा अंकित कान्दु र सहसचिवमा सचिन गुरुङ सर्वसम्मत चयन भएका छन् ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    यस्तै, क्लबका सदस्यहरुमा विज्रेश बानियाँ, ईश्वर हिताङ, राज वर्नवाल, सुभम बानियाँ, सोनु साह, रोशनलाल गुप्ता, शंकर बस्याल चयन भएका छन् । नयाँ निर्वाचित कार्यसमितिको भैरहवामा एक कार्यक्रमबीच पदस्थापन पनि भएको छ । अध्यक्ष चयन भए पछि पौडेलले आफ्नो एक वर्षको कार्यकाल उत्कृष्ट बनाउने प्रयास गर्ने बताए ।

    ‘मैले क्लबका सबै पदाधिकारी र सदस्यहरुलाई साथमा लिएर सामाजिक क्षेत्रमा विभिन्न कार्यक्रम गर्ने योजना बनाएको छु’, उनले भने, ‘एक वर्षसम्म योजना बनाएर काम गर्नेछौं । यसमा सबैको सकारात्मक साथ हुने मेरो विश्वास छ ।’ उनले रक्तदान, खाद्यान्न सहयोग, गरिब तथा विपन्नलाई आवश्यकताका आधार सहयोग गरिने जनाए ।

    सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहम्मद खाँ लगायत अतिथिहरुले पौडेल नेतृत्वको क्लबले भैरहवा क्षेत्रमा नमूनायोग्य सामाजिक काम गर्ने विश्वास व्यक्त गरे । युवाहरुले समाजलाई सकारात्मक मार्गमा डोर्याउन जरुरी रहेको बताउँदै यस्ता क्लबले युवाहरुलाई संगठित गरी नेतृत्व र क्षमता विकासमा सहयोग पुर्याउने उल्लेख गरे ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    रोट्रयाक्ट
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    २०८३ कार्तिक १२, बुधबार १३:०७ गते

    थारु कल्याणकारिणी सभाले संकलन गरेको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण

    २०८३ कार्तिक १२, बुधबार १२:५७ गते

    सहायक रथी खत्री उपरथीमा बढुवा

    २०८३ कार्तिक १२, बुधबार १२:३० गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.