
झापा, २८ साउन । झापा प्रहरीले पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको दमक नगरपालिका-८ का ३६ वर्षीय संजीव गजमेर रहेको प्रहरीले जनाएको छ ।
दमक नगरपालिका-५ बानेश्वर हाइट मार्ग जाने भित्री सडकबाट गजमेरलाई पेस्तोल र म्यागजिनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

उनका अनुसार को ३८ प ५६४९ नम्बरको स्कुटरमा सवार गजमेरको साथबाट मेड इन इटाली लेखिएको पेस्तोल र २ थान म्यागजिन बरामद भएको छ ।
कमेन्ट गर्नुस्

